काठमाडौंमा दिउँसै गोली चल्यो, एक महिला घाइते


५ पुष २०७४, बुधबार
pitwal

काठमाडौं: काठमाडौंको टोखास्थित झोरको जङ्गलमा बुधवार दिउँसो गोली चलेको छ । गोली लागेर एक जना महिला घाइते भएकी छिन् ।

pitwal
घाइते हुनेमा स्थानीय ३५ वर्षीय दुर्गा दुलाल छिन् । प्रहरीका अनुसार उनी घाँस काट्न गएको वेला गोली लागेको थियो ।
स्थानीय तीन युवकहरुले सिकार गर्ने क्रममा गोली चल्दा उनलाई लागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । थप अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार दुलालको कुममा गोली लागेको छ । उनको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।उपचारमा संलग्न चिकित्सकहरूले उनी अहिले खतरामुक्त रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७