भाद्र मशान्तभित्र अनेरास्ववियूको एकताले पूर्णता पाउने


१२ भाद्र २०७६, बिहीबार
69853811 387845591933853 5528010724023992320 n

काठमाडौं,१२ भदौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट भातृ संगठन अनेरास्ववियूको एकताले भाद्र मशान्तभित्र पूर्णता पाउने इन्चार्ज हितमान शाक्यले जानकारी दिएका छन् । संगठनको एकताले पूर्णता पाउने भएपछि बिहीबार बागबजारस्थित साझा कार्यालयको उद्घाटन भएको छ ।

बागबजारस्थित साविक अनेरास्ववियू (क्रान्तिकारी)को केन्द्रीय कार्यालयलाई नयाँ व्यवस्थापनसहित साझा कार्यालय बनाएको हो । उद्घाटनपछि नेकपाका तर्फबाट विद्यार्थी ‘फ्याक्सन’ हेर्ने जिम्मेवारी पाएका इन्चार्ज शाक्य र सहइन्चार्ज विनोद ढकाललाई कार्यालयमा स्वागत गरिएको थियो ।

कार्यभार सुम्पिएको औपचारिक घोषणापछि अनेरास्ववियूका नवनियुक्त संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले आआफ्नो कार्यकक्षमा पदभार सम्हाले छ । कार्यक्रममा शाक्यले भाद्र महिनाभित्र अनेरास्ववियूको एकता सकिने गरी छलफल भएको बताए । अनेरास्ववियूका संयोजक महर र तामाङले आफूहरु एकताको काममा जुटेको बताएका थिए ।

कार्यालय उद्घाटन समारोहमा अनेरास्ववियूका पूर्व अध्यक्ष लेखनाथ न्यौपाने, ठाकुर गैरे, रामकुमारी झांक्री, रमेश मल्ल, नविना लामालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अनेरास्ववियूका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७