मेसी र रोनाल्डोलाई पछि पार्दै भर्जिल बने उत्कृष्ट स्ट्राइकर


१२ भाद्र २०७६, बिहीबार
Virgil van Dijk

काठमाडौं : यस पटकको यूईएफए वर्ष खेलाडी कुनै उत्कृष्ट स्ट्राइकर मध्ये एक बन्ने आँकलन धेरै गरिएको थियो । अग्रभागमा थिए, बार्सिलोनाका लियोनेल मेसी र युभेन्टसका क्रिश्चियानो रोनाल्डो ।

अन्तिम समयसम्म पनि लिभरपुलका माने प्रतिश्पर्धामा रहे । तर, एकाएक स्ट्राइकरहरुको प्रतिश्पर्धामा छिरे, लिभरपुलकै डिफेन्डर ।

आफ्नो देश नेदरल्याण्ड र क्लब लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाइक प्रतिश्पर्धामा मात्रै आएनन् । यस पटकको यूईएफए वर्ष खेलाडी समेत बने ।

त्यो पनि पाँच/पाँच पटक वर्ष खेलाडी बनिसकेका मेसी र रोनाल्डोलाई उछिन्दै । थुप्रै स्टारहरुलाई पछि पार्दै अन्तिम तीनमा स्थान बनाएसँगै विश्वभरका फुटबल समर्थक मात्रै नभएर स्वयम् उनकै क्लब लिभरपुल पनि चकित बनेका थिए ।

नभन्दै, भर्जिलले उक्त उपाधि जिते । अघिल्लो पटक भर्जिलले जसरी नै क्रोयशियाका कप्तान एवम् मिडफिल्डर लुका मोड्रिचले यो उपाधि जितेका थिए ।

धेरैलाई चकित बनाएका भर्जिलले गत वर्ष ५९ खेल खेलेका थिए । खेलअवधिभरमा उनले ९ गोल गरे भने ४ गोलमा असिस्ट गरे । लिभरपुलका लागि कुनै पनि खेलाडी भन्दा धेरै समय उनले खेले । भर्जिललले आफ्नो अगाडि आएका ७० प्रतिशतभन्दा बढी बल क्लियर गर्न सफल भए ।

गत सिजन प्रिमियर लिगमा सबैभन्दा कम गोल खाने टीम लिभरपुल बनेको थियो । लिभरपुलले जम्मा २२ गोल मात्रै खाएको थियो ।

भर्जिलको डिफेन्स यति बलियो थियो कि कमै खेलाडीले मात्रै उनको अगाडिबाट ड्रिबल गरेर बल बढाउन सक्थे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७