कीर्ते मुद्दामा नवराज सिलवालमाथि अनुसन्धान थाल्न अनुमति


५ पुष २०७४, बुधबार
nawaraj silwal

काठमाडौ : एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यमा विजयी नवराज सिलवालमाथि अनुसन्धान अघि बढाउन महान्यायाधिवक्ता बसन्तराम भण्डारीले  निर्देशन दिएका छन्।nawaraj silwal

सर्वोच्च अदालतको आदेश बमोजिम भण्डारीले तत्कालिन नायव महानिरीक्षक सिलवालको मुद्दाका  अघि बढाउन निर्देशन दिएकाे हाे ।  सर्वोच्च अदालतले हालै सार्वजनिक भएको फैसलाको पूर्णपाठमा सिलवालको कार्य सम्पादन मूल्याकंन (कासमु) गलत ढंगले पेश भएको विषयमा छानविन गरी कारबाही गर्न निर्देशन दिएको थियो।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासले चन्दको नियुक्ति बदर गर्नुका साथै कार्यसम्पाद मूल्यांकनमा धेरै अंक ल्याउनेलाई प्रहरी प्रमुख बनाउन आदेश दियो । सरकारले प्रकाश अर्याललाई प्रहरी प्रमुख बनायो ।

असन्तुष्ट सिलवाल फेरि सर्वोच्च गए । तर, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली नेतृत्वको पूर्ण इजलासले उनको मागदाबी अस्वीकार गर्‍यो ।

सिलवालमाथि कारबाही गर्नुपर्ने माग गर्दै महानगरीय प्रहरी परिसर काठमाण्डौंमा बुधवार जाहेरी समेत परेकाे छ ।

नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवाको दावी गर्दै सर्वोच्च अदालतमा पेश गरेको कासमु गलत रहेको ठहर गर्दै सो विषयमा अनुसन्धान गरी कारबाही गर्न गत विहिबार सार्वजनिक भएको फैसलाको पूर्णपाठ मार्फत सर्वोच्च अदालतले अनुसन्धान गरी दोषी देखिएकामाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो।

प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदार प्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको सात सदस्यीय वृहद पूर्ण इजलासले गलत कासमु पेश गर्ने विषयमा ककसको संलग्नता रहेको हो सो विषयमा छानविन गरी दोषी उपर कारबाही गर्न स्पष्ट दिर्नेशन दिइएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७