मेस्सी ‘फरवार्ड अफ दि सिजन’ घोषित


१३ भाद्र २०७६, शुक्रबार
Messi

काठमाडौं, १३ भदौं । अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी ‘युईएफए फरवार्ड अफ दि सिजन’ घोषित भएका छन् ।

बिहीबार युईएफएले मेस्सीलाई फरवार्ड अफ दि सिजन अवार्ड प्रदान गरेको हो । बार्सिलोनालाई च्याम्पियन्स लिगको सेमिफाइनल सम्म पुगाउन महत्वपूर्ण मूमिका खेलेका उनले च्याम्पियन्स लिगको गोल्डेन बुट पनि पाएका थिए । मेस्सीले बार्सिलोनाका लागि च्याम्पियन्स लिगमा गत सिजन १२ गोल गरेका थिए ।

युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा मेस्सीलाई अवार्ड प्रदान गरेको हो । मेस्सीले बार्सिलोनालाई ला लिगाको उपाधि पनि जिताएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७