सलमानले छाडेपछि भन्सालीको ‘इन्शाअल्लाह’ मा शाहरुख !


१३ भाद्र २०७६, शुक्रबार
sarukh

काठमाडौं, १३ भदौं । बलिउडका भेट्रान निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘इन्शाअल्लाह’ मा अभिनेता सलमान खानले अभिनेत्री आलिया भट्टसँग रोमान्स गर्ने निश्चित भएको थियो ।

सेप्टेम्बर अन्तिमबाट छायांकनमा जाने तयारी भइरहँदा आन्तरिक मनमुटावका कारण २० वर्षपछि हुन लागेको भन्साली र सलमानको टिमअप टुटेको छ । तत्कालका लागि यो फिल्मको निर्माण स्थगित भएको छ ।

यसबीच, ‘इन्शाअल्लाह’ बाट सलमानले हात झिकेको खबर बाहिरिएको छ । भारतीय मिडियाका अनुसार, यो फिल्ममा अभिनेता शाहरुख खानको प्रवेश भएको छ । हालै सलमानले एक ट्वीटमार्फत् फिल्म बन्न ढिलाई भएको बताएका थिए । विभिन्न कुरामा असहमति उत्पन्न भएपछि सलमान र भन्सालीबीचको सहकार्य टुटेको बताइएको छ । फिल्ममा आलिया भने यथावत छिन् ।

सलमानले फिल्म छाडेपछि निर्देशक भन्सालीले शाहरुखलाई लिड रोलमा अप्रोच गरेका थिए । आईबी टाइम्स इन्डियाका अनुसार, भन्सालीले चाँडै फिल्ममा शाहरुख अनुबन्ध भएको घोषणा गर्न सक्नेछन् । इन्टरटेनमेन्ट पत्रकार उमैर सन्धूले शाहरुखको प्रोडक्शन हाउस रेड चिलीजलाई उद्धित गर्दै भन्सालीले फिल्ममा शाहरुखलाई साइन गरेको बताएका छन् ।

शाहरुख खान र सञ्जय लीला भन्सालीबीच फिल्म ‘देवदास’ मा सहकार्य भएको थियो । ‘इन्शाअल्लाह’ भन्दा अगाडि शाहरुखसँग भन्सालीले फिल्म ‘इजहार’ का लागि पनि कुरा गरेका थिए । यो फिल्म गर्ने विषयमा दुईबीच लगभग मोटामोटी सहमति भइसकेको छ । तर, योभन्दा अगाडि भन्सालीले ‘इन्शाअल्लाह’ बनाउने छन् । किनकी यसको सबै तयारी पूरा भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७