फ्रेन्च लिग फुटबलमा पीएसजी विजयी


१४ भाद्र २०७६, शनिबार
lig 1

काठमाडौं, १४ भदौं । फ्रेन्च लिग वान फुटबलमा पीएसजी विजयी भएको छ । शनिबार बिहान भएको खेलमा मेट्जलाई २–० को जित निकाल्न सफल भएको हो ।

पीएसजीलाई जिताउन एन्जल डी मारिया र चुपो मोटिङले एक–एक गोल गरेका थिए । मुख्य खेलाडी केलियन एम्बाप्पे र एडिन्सन काभानीबिनै मैदान उत्रिएको पीएसजीले शुरुमै अग्रता लिन सफल भएको थियो । ११ औं मिनेटमा पेनाल्टीमार्फत एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि ४३ औं मिनेटमा इरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै पहिलो हाफमै २–० को अग्रता बनाए । दोस्रो हाफमा थप गोल हुन नसकेपछि पीएसजी २–० ले विजयी हुँदै तालिकामा ९ अंक बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७