शाहिद कपुरका बुबा ५२ वर्षको उमेरमा बने फेरि पिता


१४ भाद्र २०७६, शनिबार
saifali


काठमाडौंँ, १४ भदौ । बलिउड नायक ईशान खट्टरका पिता राजेश खट्टर फेरि बुढेसकालमा बुवा बनेका छन् । उनको छोराको हालै जन्म भएको छ । राजेश खट्टरले ११ वर्षअघि वन्दना सजनानीसँग विवाह गरेका थिए । उनीहरुले आफ्नो छोराको नाम वनराज कृष्ण राखेका छन् ।
राजेश खट्टर र वन्दना सजनानीको यो यात्रा सजिलो रहेन । उनका छोराको जन्म तीन महिनाअघि भएको थियो तर उनीहरुले यो खबर सार्वजनिक गरेनन् किनभने उनीहरुका छोरा लामो समयसम्म अस्पतालमा थिए ।
उनले हालै एक वेबसाइटमा यसबारे कुराकानी गरेका छन् । उनले आफ्नो छोरा जन्मिएकोमा खुशी व्यक्त गर्दै भने, ‘यो निकै राम्रो अनुभव हो । तर, यो यात्रा हाम्रो लागि सहज रहेन । वन्दनाको गर्भमा जुम्ल्याहा सन्तान हुर्किरहेका छन् भन्दा हामी निकै खुशी भएका थियौं तर तेस्रो महिनामै उनको स्थिति खराब भयो र उनलाई अस्पताल भर्ना गर्नुप¥यो । केही महिनापछि थाहा भयो कि दुईमध्ये एक बच्चाको वृद्धि निकै कम र ढिलो भइरहेको छ, त्यसपछि हामीले उसलाई गुमायौं । तसर्थ अर्को बच्चालाई बचाउनका लागि हामीले तुरुन्त सुत्केरी गराउनुपर्यो । तीन महिना अघि हाम्रो छोराको जन्म भयो ।’
राजेश खट्टरका अनुसार शल्यक्रियापछि उनकी श्रीमती वन्दना ठिक हुन निकै समय लाग्यो । यसका साथै उनका छोरालाई पनि न्यूबर्न इन्टेन्सिभ केयर युनिटमा साढे दुई महिनासम्म राखियो । ‘हाम्रो छोरा र वन्दना दुबैले सँगै संघर्ष गरिरहे र जन्माष्टमीको मौकामा हाम्रो कृष्णा घर आयो । यो हामीलाई भगवानले दिएको सबैभन्दा सुन्दर उपहार हो ।’
नीलिमा अजमीसँग गरेका थिए विवाह
वन्दना अघि राजेशले नायिका नीलिमा अजमीसँग विवाह गरेका थिए र यी दुईका छोरा हुन् ईशान खट्टर । यस्तै, राजेश खट्टर नायक शाहिद कपुरका सौतेनी बुवा हुन् । राजेशले ५० वर्षको उमेरमा बुवा बनेको बारे भनेका थिए, ‘५० वर्षको उमेरमा बुवा बन्नु एउटा चुनौती थियो तर यो उमेरमा पिता बन्ने म न पहिलो व्यक्ति हुँ न अन्तिम ।’
तीन पटक गर्भपतन
राजेशका अनुसार आमा–बुवा बन्नु उनीहरुको लागि निकै कष्टकर रह्यो । उनका अनुसार ११ वर्षमा वन्दनाको तीन पटक गर्भपतन भयो, आइयूआई तीन पटक विफल रह्यो, तीन फेल आइभिएफ र तीन पटक सरोगेसी पनि विफल रह्यो । उनले आफ्नो खुशी व्यक्त गर्न नसकेको बताए । म जोडीलार्इ प्रोत्साहित गर्नका लागि आफ्नो कहानी बताउन चाहन्छु । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७