नायिकाले गरिन् छतबाट हाम फालेर आत्महत्या


१४ भाद्र २०७६, शनिबार
Pearl Punjabi oHaVib7I6g

काठमाडौंँ, १४ भदौ । ग्लामर र मनोरञ्जनको क्षेत्र बाहिर हेर्दा जति रमाइलो छ, त्यति नै भित्रि कथा संघर्षपूर्ण पनि छ ।

नायिकाहरुले चलचित्र क्षेत्रमा आफूलाई सफल बनाउन ठूलो संघर्ष गर्नुपर्छ । कति त यो संघर्षको लडाईमा बीचैमा थाक्नेहरु पनि हुन्छन् । अझ भारतको फिल्मी बजारमा आफूलाई स्थापित गराउनु चानचुने कुरा होइन ।

बलिउड जगतमा स्टार बन्ने सपना बोकेर थुप्रै युवा–युवती मुम्बई भास्सिएका हुन्छन् । कतिले भाग्य र मेहनतका कारण मौका पनि पाउँछन् तर कतिले अत्यधिक संघर्ष गर्दा पनि केही हासिल गर्न सकिरहेका हुँदैनन् ।

यस्तै भयो एक उदाउँदो नायिकामाथि पनि । पर्ल पंजाबी नामकी यी नायिकाले २९ अगस्टको राती आफू बस्ने अपार्टमेन्टको छतबाट हाम फालेर आत्महत्या गरेकी छिन् । यी नायिकाको उमेर २५ वर्ष बताइएको छ ।

पर्ल पंजाबी मुम्बईको ओशिवारा इलाकामा बस्थिन् । यी नायिकाले कुनै दिन बलिउडकी चर्चित नायिका बन्ने सपना बोकेकी थिइन् । ठूलो सपनासहित यी नायिकाले मनोरञ्जनको क्षेत्रमा कदम त राखिन् तर सायद उनी यो रेसमा टिक्नका लागि आइपर्ने दबाब झेल्न सकिनन् ।

उनी निकै लामो समयदेखि आफ्नो नीजि र व्यवसायिक जीवनमा संघर्ष गरिरहेको बताइन्छ । जब समस्याको कुनै समाधान देखिएन तब नायिकाले आत्महत्याको बाटो रोजेको पनि बताइन्छ । एजेन्सी

Pear

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७