बीस जुवाडे पक्राउ


५ पुष २०७४, बुधबार
pakrau 1

गाईघाट: प्रहरीले त्रियुगा नगरपालिका–६ स्थित जलजले बजारको दुई स्थानबाट जुवा खेलिरहेको अवस्थामा आज २० जना जुवाडेलाई पक्राउ गरेको छ ।pakrau 1

जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिनपा–६ जलजले स्थित प्रेमबहादुर मगरको घरमा तास खेल्दै गरेको अवस्थामा रु ४७ हजार ४०० सहित सात र पुल्कित चौधरीको घरबाट रु १५ हजार ३०० सहित १३ जना जुवाडे पक्राउ परेका हुन् ।

त्रिनपा–६ जलजलेमा जुवाको खेला हुँदैछ भन्ने सूचनाका आधारमा गएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको र उनीहरुलाई जुवा ऐनअनुसार कारबाही गरिने प्रहरी निरीक्षक देवीप्रसाद फागोले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७