सहसचिवहरुको सरूवा, को कहाँ पुगे ? (नामावलीसहित)


१५ भाद्र २०७६, आईतवार
aartha mantralaya

काठमाडौं, १५ भदौं । सरकारले अर्थ मन्त्रालयका केही सहसचिवको सरूवा गरेको छ । प्रधानमन्त्री कार्यालयबाट आएका सहसचिव विनोद कुँवरलाई आन्तरिक राजश्व विभागको महानिर्देशक बनाइएको छ । शुक्रबारको निर्णयबाट कुँवरलाई विभाग पठाइएको हो ।

अर्थकै प्रशासन महाशाखा प्रमुख सहसचिव सुमन दाहाललाई भन्सार विभागको महानिर्देशक बनाइएको छ । भन्सारका महानिर्देशक रहेका रामेश्वर दंगालको सरूवा भएपछि रिक्त स्थानमा दाहाललाई पठाइएको छ ।

अर्थको प्रशासन महाशाखामा सहसचिव झक्कप्रसाद आचार्यको सरूवा भएको छ । मध्यमस्तरीय करदाता कार्यालय प्रमुख रहेका उनी यसअघि प्रशासनमै उपसचिव भइसकेका व्यक्ति हुन् ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख गजेन्द्र ठाकुरलाई मध्यास्तरी करदाता कार्यालय प्रमुख बनाइएको छ । तत्काललाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख खाली राखिएको छ ।

वीरगञ्ज भन्सार कार्यालयमा ढुण्डीप्रसाद निरौलालाई पठाइएको छ । त्यहाँ कार्यरत श्यामप्रसाद भण्डारीलाई भन्सार विभाग ल्याइएको छ । भन्सार विभागबाट तुलसीराम सेढाईलाई अर्थ मन्त्रालयको अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखा पठाइएको छ । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेललाई अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखमा सरूवा गरिएको छ ।

यसैगरी भन्सार जाँचपास परीक्षण कार्यालयका प्रमुख सहसचिव सुशील पाण्डेलाई राजश्व तालिम केन्द्रको प्रमुख बनाइएको छ । भर्खरै सरूवा भएर अर्थ मन्त्रालय आएका मुक्तिप्रसाद पाण्डेलाई आन्तरिक राजश्व विभागको उपमहानिर्देशक बनाइएको छ । अर्थ मन्त्रालयकै अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखा प्रमुख थानेश्वर गौतमलाई पनि आन्तरिक राजश्व विभागमै उपमहानिर्देशक बनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७