प्रशासनिक र आर्थिक वृद्धिमा नेपालको ऐतिहासिक फड्को : मन्त्री पण्डित


१५ भाद्र २०७६, आईतवार
lalbabu pandit

काठमाडौं, १५ भदौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले प्रशासनिक काम र आर्थिक वृदिदर हासिल गर्ने काममा ऐतिहासिक रुपमा फड्को मारेको दाबी गरेका छन् ।

मन्त्री पण्डितले संघीयतामा गएर नेपालमा जति छिटो कर्मचारी समायोजनको काम सम्पन्न भएको देश विश्वमा कहीँ भए उदाहरण पेस गर्न पनि सञ्चारकर्मीहरुलाई चुनौती दिएका छन् ।

‘संघीयता अन्तर्गतको स्थानीय तह, प्रदेश र संघमा प्रशासनिक रुपमा यति छिटो कर्मचारी समायोजन र संगठन संरचना र दरबन्दी मिलानको काम संसारमा कहीँ पनि नभएको’ मन्त्री पण्डितको भनाइ छ ।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले स्थानीय तहको मागको आधारमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगको विज्ञापन खुलाइएको र प्रदेशका लागि पनि आवश्यक कर्मचारीको व्यवस्था गर्न लोक सेवा आयोगमार्फत् विज्ञापन खुलाउने तयारी गरिएको पनि जानकारी दिएका छन् ।

मन्त्री पण्डितले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि पनि काम गरिरहेको दाबी गरे । भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियतापूर्वक काम गरिरहेको मन्त्री पण्डितले जानकारी गराए । मन्त्री पण्डितले मुलुक संघीयतामा गएकाले तीनै तहमा देखिएको समस्या एकै दिनमा समाधान गर्ने कुराको कल्पना गर्न नमिल्ने तर्क पनि गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७