चिनियाँ नागरिकले रकम झिके पनि सर्वसाधारणको निक्षेप सुरक्षित : बैंकर्स संघ


१५ भाद्र २०७६, आईतवार
bankers association

काठमाडौं, १५ भदौ । नेपाल बैंकर्स संघले एटीएम ह्याक गरेर चिनियाँ नागरिकले रकम झिके पनि बैंकहरुमा सर्वसाधारणको निक्षेप सुरक्षित रहेको जनाएको छ ।

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताएको हो ।
केही रकम चोरी भएको भन्दै उनले बैंकहरु त्यो नोक्शान ब्यहोर्न सक्षम रहेको बताए । उनले सिस्टममा मालवेयर अट्याक भएको देखिएको तर सफ्टवेयरको कुन पार्ट कम्प्रमाइज गरियो भन्ने छानविन भइरहेको बताए ।

एटीएमबाट चोरी भएको रकम कुनै व्यक्तिगत खाताबाट नभएको ढुंगानाले जानकारी दिए । यदि व्यक्तिगत खाताबाट नै रकम निकालिएको भए पनि बैंकले बेहोर्ने भन्दै निक्षेपकर्ताले आत्तिन नपर्ने उनले बताए ।

उनले रकम चोरिने खतरा भएकोले शनिबार राति केही बैंकहरुको सर्भर डाउन गरिएको र आइतबार कार्यालय समय सुरु भएपछि एटीएम कारोबार शुरु गरिएको बताए ।

त्यस्तै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले हालसम्म १ करोड ६८ लाख रुपैयाँ क्षति भएको जानकारी दिए ।

उनले सर्वसाधारणको खातामा भएको रकममा कुनै जोखिम नरहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७