स्पेनिस ला लिगा : भिल्लारियल र रियल मड्रिड बराबरीमा रोकिए


१६ भाद्र २०७६, सोमबार
real m CSbgM6ghsr

काठमाडौं, १६ भदौ । स्पेनिस ला लिगामा रियल मड्रिड भिल्लारियलसँग बराबरीमा रोकिएको छ । भिल्लारियलको मैदानमा भएको खेलमा घरेलु टिमले दुई पटक लिएको अग्रतामा ग्यारेथ बेलले गोल गर्दा रियलले २–२ गोलको बराबरीमा अंक खोसेको हो ।

खेलको १२औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा बेलले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

खेलमा रियल मड्रिडले घरेलु टिमलाई निकै दबाब दिएको थियो । दोस्रो हाफमा टोनी क्रिजको प्रयासलाई भिल्लारियल गोलकिपरले उत्कृष्ट बचाउ गरे ।

७४औं मिनेटमा मोई गोमेजले गोल गर्दै फेरि भिल्लारियललाई अग्रता दिलाए । मोरेनोले नजिकबाट गरेको प्रहार रियलका गोलकिपर कोर्ट्वाले बचाएका थिए । त्यसपछिको रिबाउण्ड बलमा गोमेज बार्डोनाडोले गोल गर्दै फेरी भिल्लारियललाई अग्रता दिलाए ।

८६ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै फेरि खेल बराबरीमा पुर्‍याए । इन्ज्युरी समयको अन्तिम दुई मिनेटभित्र बेलले २ वटा पहेँलो कार्ड पाउँदा रियल मड्रिडले केही सेकेण्ड खेल १० खेलाडीमा खेलेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७