रोनाल्डो १० औं पटक बने वर्ष खेलाडी


१७ भाद्र २०७६, मंगलवार
ronaldo lmrEm1PTs9

काठमाडौं, १७ भदौं । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले १० औं पटक पोर्चुगिच वर्ष खेलाडीको अवार्ड जितेका छन् । योसँगै उनी लामो समयसम्म यो उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् ।

३४ वर्षीय रोनाल्डोले २००७ देखि यो उपाधिमा बर्चश्व जमाउँदै आएका छन् । यो बीचमा उनले २०१० र २०१४ मा मात्र उपाधि जित्न सकेनन् । त्यसबाहेक अरु वर्ष रोनाल्डो नै यो अवार्डको हकदार बनेका छन् ।

रोनाल्डोले यो सिजन उपाधि जित्न एट्लेटिको मड्रिडका जोहो फेलिक्स र म्यानचेस्टर सिटीका बर्नान्डो सिल्भालाई पछि पारे । यो सूचीमा मिडफिल्डर ब्रुनो फर्नान्डेस र उल्भ्सका रुबेन नाभास पनि रहेका थिए ।

अवार्ड कार्यक्रममा रोनाल्डो पुरुष वर्ष खेलाडी बन्दा महिलामा लियोनकी जेसीका सिल्भाले जितिन् । वर्षको उत्कृष्ट प्रशिक्षक बु्रनो लागे र महिलामा मिगुइल सान्टोसले जिते । उत्कृष्ट टिमको अवार्ड बनेफिकाले पायो । यस्तै उत्कृष्ट महिला टिमको अवार्ड पनि बेनफिकाले नै हात पार्‍यो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७