भारतको चन्द्रयान–२ अभियान : भारतीय वैज्ञानिकका लागि तनावपूर्ण बन्दैछ त्यो १५ मिनेट


१७ भाद्र २०७६, मंगलवार
chandrayan

काठमाडौं, १७ भदौं । भारतले शुरु गरेको चन्द्रयान–२ अभियान अन्तर्गत सोमबार विक्रम लाण्डर सफलतापूर्वक कक्षबाट अलग भएको छ ।

योसँगै भारत अब चन्द्रमामा सफलतापूर्वक यान प्रक्षेपन गर्ने राष्टहरुको सूचीमा दर्ज भएको छ । यद्यपि, भारतले पठाएको उक्त यान ७ सेप्टेम्बरमा मात्र चन्द्र सतहमा अवतरण हुनेछ । अहिले भने यान चन्द्रमाको आफ्नो स्पेसभित्र प्रवेश गर्न सफल भएको छ । कक्षबाट अलग भएपछि विक्रम ल्यान्डरले अब करिब २० घण्टासम्म अर्बिटरलाई २ सेमि प्रति सेकेन्डको गतिमा पछ्याउँदैछ ।

विश्वले अहिले यो अभियानलाई निकै चासोका साथ हेरिरहेको छ र भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का वैज्ञानिकको लागि ठूलो सफलता प्राप्त गरेको ठहर गरेको छ ।
(प्रज्ञान रोवर्ट) विक्रम ल्यान्डरलाई चन्द्रमा सहजै अवतरण गर्नु उसको लागि सबैभन्दा ठूलो चुनौती हुनसक्ने अनुमान गरिँदैछ । विक्रम ल्यान्डर जुन सफलतापूर्वक सोमबारबाट चन्द्रयानबाट अलग भएको छ ।

त्यसको नाम इसरोका संस्थापक र भारतीय अन्तरिक्ष कार्यक्रमका संस्थापक जनक विक्रम साराभाईको नामबाट राखिएको हो । यसको प्रारम्भिक डिजाइन इसरोको अन्तरिक्ष अनुप्रयोग केन्द्र अहमदाबादले निर्माण गरेको हो । पछि यो बेंगलुरुको यूआरएससी द्वारा विकसित गरिएको हो ।
यो निर्माण गनुअघि भारतले चन्द्रयान मिसनका लागि रसियासँग एउटा भरपर्दो र शक्तिशाली ल्यान्डर मागेको थियो ।

तर रुसले दिन अस्वीकार र्गयो । रुसको यो स्वीकृतिनै भारतका लागि आजको सफलताका लागि मार्गदर्शन बन्न पुग्यो । रुसले दिन अस्वीकार गरेपछि भारतीय वैज्ञानिकहरूले चन्द्रमामा जसरी पनि अवतरण गर्ने सपना बुन्न थाले र अथक परिश्रम गरेर एक आदिवासी ल्यान्डरको विकास गरे, जसको नाम विक्रम राखियो।

मिसन अझै चूनौतिपूर्ण
७ सेप्टेम्बर को दिन चन्द्रयान मिसन २ को लागि सबैभन्दा चुनौतीपूर्ण हुनेछ किनकी त्यही दिन चन्द्रमामा विक्रम ल्यान्डर अवतरण गर्नेछ । ६ र ७ सेप्टेम्बरको मध्यरातमा विक्रम ल्यान्डर १ः३० देखि १ः४० सम्म चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ ।

त्यसेबला यसको गति २०० मिटर प्रतिसेकेन्ड हुनेछ । यो बेला इसरोका वैज्ञानिकहरूका लागि धेरै चुनौतीपूर्ण कार्य हुनेछ । सोही रात १ः५५ बजे विक्रम ल्याण्डर दक्षिण ध्रुवमा दुई क्रेटर मन्जिनस–सी र सिम्पेलियस–एनबीच मैदानमा उत्रिने छ ।

करिव ६ किमीको उचाईबाट ल्यान्डर चन्द्र सतहमा २ सेमी प्रतिसेकेन्डको गतिमा अवतरण गर्दछ । त्यो बेला १५ मिनेट धेरै तनावपूर्ण हुनेछ । त्यसपछि अवतरण गरेको २ घण्टापछि रातको ३ बजेर ५५ मिनेटमा विक्रम ल्यान्डरको र्याम्प खुल्नेछ भने लगत्तै प्राज्ञन रोबर्ट चन्द्रमाको सतहमा उत्रिनेछ । प्रज्ञान रोबर्टको सौर्य प्यानल बिहान ५ बजेर ५ मिनेटमा बजे खुल्नेछ । यो सोलार प्यानलमार्फत त्यसले उर्जा प्राप्त गर्दछ । यसपछि प्रज्ञान रोबर्ट बिहान ५ बजेर १० मिनेटमा चन्द्र सतहमा हिंड्न थाल्छ ।

त्यसले १ सेन्टिमिटर प्रतिसेकेन्डको गतिमा चन्द्रमामा १४ दिनको यात्रा तय गर्नेछ । यस समयमा उसले ५०० मिटरको दूरी पार गर्नेछ । यो सँगै त्यहा भएको उपलव्धी इसरोका वैज्ञानिकहरुले रेकर्ड गरिरहेका हुन्छन् । अहिले इसरोको यो विशाल अभियानलाई नासा लगायतका वैज्ञानिक संस्थाहरुले समेत नजिकबाट हेरिरहेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७