सेनाको श्रीमती अर्कैसँग सुइँकुच्चा


१८ भाद्र २०७६, बुधबार
army 2

काठमाडौं, १८ भदौं । नेपाली सेनाको पूर्वी पृतना हेडक्वार्टर इटहरीमा कार्यरत सिपाही रमेश चौधरी शान्ति सेना पुगेर आउँदा श्रीमती अर्र्कैसँग हिंडेपछि विरक्तिएका छन् ।

तीन वर्षअघि उनीहरू वैवाहिक बन्धनमा बाँधिएका थिए । मिसनबाट फर्कने दिनसम्म म्यासेन्जरमा भिडियो कल गरेका उनले डेरामा श्रीमती नभेटेपछि आफन्त र घरमा समेत खोजी गरे । प्रहरीमा जाहेरी दिएको करिब डेढ महिनापछि दमकमा फेला परिन्, अर्कै केटासँग । कतारबाट ४ वर्षपछि इटहरी आएका सोम राई (परिवर्तित नाम) को पनि व्यथा उस्तै छ ।

विदेश बस्दा कमाएको पैसा र सुन लिएर श्रीमती बेपत्ता भएपछि उनी समस्यामा परेका छन् । प्रहरीको महिला सेलमा प्रायः यस्तै प्रकृतिका जाहेरी बढ्दै गएको छ । ०७४–७५ मा मात्र इलाका प्रहरी कार्यालय इटहरीमा ३ सय ५३ वटा महिला तथा बालबालिका बेपत्तासम्बन्धी जाहेरी दर्ता भयो । जसमध्ये १९८ वटा महिला बेपत्तासम्बन्धी छन् । उनीहरू हराएको नभई अर्को पुरुषसँग गएकी हुन् ।

महिला सेलकी सइ कृष्णकुमारी अधिकारीले भनिन्, ‘हामीसँग जति पनि जाहेरी आउँछन् अधिकांश श्रीमती बेपत्ता भएको भनेर आउने ।’ यो खबर जनआस्था साप्ताहिकले छापेको छ । उनले यसमा सबैभन्दा बढी विदेशबाट फर्किएका पुरुष पीडित हुने गरेको बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७