पहिलो रंगीन नेपाली चलचित्रका संगीतकार चन्द्रराज शर्माको निधन


६ पुष २०७४, बिहीबार
yagraj sharma

काठमाडौं :  पहिलो रंगीन नेपाली चलचित्र ‘कुमारी’का संगीतकार चन्द्रराज शर्माको निधन भएकाे छ ।उच्च रक्तचाप र मधुमेहका कारण बिरामी रहेकाे उनकाे बुधवार विहान निधन भएाे हाे। yagraj sharma
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बिहीवार बिहान ११ बजेदेखि १ बजेसम्म पशुपति आर्यघाटमा राखिने परिवारका सदस्यले जानकारी दिएका छन् । शर्माले चलचित्र कुमारीमा शिवशंकर मानन्धरसँग संयुक्त संगीत दिएका थिए । शर्माका माहिला छोरा शर्माका दुई छोरा र एक श्रीमती छन् ।

उनले संगीत गरेका चलचित्र कुमारीको ‘मनमा माया तनमा माया’ बोलको गीत निकै चर्चित छ । यस्तै उनले  ‘श्री स्वस्थानी र ‘महाकवि देवकोटा’ मा पनि संगीत निर्देशन गरेका थिए  । भने ‘नाम नभएको मान्छे र क्रशमा टाँगिएको जिन्दगी’ गीति नाटक ‘मुनामदन’मा पनि उनले संगीत दिएका थिए ।

उनको संगीतमा नारायण गोपालले गाएको   ‘म मरे पनि मलाई मेरो देशको माया छ‘’ बोलको गीतका साथै सुनौला घाम झुल्केन, नदीका दुई किनारा, आँखाहरुले रुन नखोजे (कुमारी), चपला अबला एक सूरमा (भानुभक्त), मेरो माल मलाई फर्काइदे बाबु (जीवनज्योति), ए मेरी मुना नभन तेसो जुनमा फुलेकी (मुनामदन), तिम्रो आकाशमा जून (मीरा राणा), तिमी आफूलाई (माणिकरत्न), मोतिका दाना (सुदेश शर्मा र संगीता राणा प्रधान) लगायत उनका चर्चित गीत हुन् ।

https://www.youtube.com/watch?time_continue=17&v=9rnWWLLYx5s

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७