नेपाल प्रहरीमा राम्रा भनिएका नै ‘बदनाम’ बन्दै


१८ भाद्र २०७६, बुधबार
Nepal police

काठमाडौं, १५ भदाै  : नेपाल प्रहरीका भर्खरै बढुवा भएका २६ जना एसपीको पदस्थापना र ४० जनाको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरूलाई विभिन्न स्थानमा पदस्थापना र सरुवा गरेको हो ।

गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट बढुवा भएका उनीहरूलाई पदस्थापना गरिएको भए पनि सो सरुवा र पदस्थापनमा पूर्वाग्रह भएको भन्दै संगठनभित्र व्यापक गुनासो छाएको छ ।

खासगरी आईजीपी सर्वेन्द्र खनालले ती स्थानमा आफ्ना मान्छेहरू पठाउन कतिपयलाई एकवर्षे अवधि नपुगीकनै फिर्ता ल्याएका छन् भने कतिपयलाई इन्चार्जबाट फेरि इन्चार्ज दिइएको छ ।

समान्यताा कुनै विवादमा नपरेका र राम्रो ढंगले काम गरिरहेकाहरूलाई कम्तीमा एक वर्ष भने काम गर्न दिने चलन छ । तर एसपी बढुवा गर्दा वरिष्ठताक्रममा अगाडी तानिएका अधिकृतहरु नै यसपटक नौ महिना नपुग्दै तानिएका छन् ।

भदौ महिनादेखि तत् स्थानबाट तलबभत्ता पाउनेगरी गरिएको सरुवामा यसअघि १ नम्बरमा एसपी बढुवा भएका अच्यूतमप्रसाद पुडासैनी कपिलवस्तुको इन्चार्जबाट प्रहरी प्रधान कार्यालय यूएन जगेडामा ल्याइएको छ । उनलाई गत जेठमा नै काजसरुवा गरिएको थियो ।

 त्यसैगरी १२ नम्बरमा बढुवा भएका कृष्णबहादुर पल्ली मगर नुवाकोट इन्चार्जबाट प्रदेश सशस्त्र प्रहरी गण नम्बर ३ रातोमाटे हेटौंडा पठाइएको छ । 

यसैगरी ४ नम्बरमा बढुवा भएका एसपी सानुराम भट्टराईलाई पनि नौ महिनामै बारा जिल्लाको इन्चार्जबाट तानिएको छ । भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । तुलनात्मक रूपमा यो जिम्मेवारी आकर्षक मानिन्छ । यस्तै अरुण पौडेललाई बाँके इन्चार्जबाट ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा तानिएको छ ।

पौडेललाई पनि जेठमै तानिएको हो । त्यसैगरी दाङमा जुवा विवादमा मुछिएपछि बाग्लुङ पठाइएका कृष्णहरि शर्मालाई पनि तीन-चार महिनामै प्रहरी प्रधान कार्यालय मानवअधिकार उल्लंघन अनुगमन एकाइमा पदस्थापन गरिएको छ ।

यस्तै ३३ किलो सुनकाण्डमा मुछिएका विकासराज खनाललाई बारा इन्चार्ज बनाइएको छ, खनाल प्रहरी युक्ति महाविद्यालय नवलपरासीमा कार्यरत थिए । त्यसैगरी मनोजकुमार यादवलाई साप्तरी इन्चार्जबाट १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर पठाइएको छ ।


उनी पनि दुई-तीन महिना अवधि बाँकी छँदै तानिएका हुन् । यसैगरी एसपी भोला रावललाई गोरखा इन्चार्जबाट कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण खजुरा बाँकेमा पठाइएको छ । रावल नुवाकोटमा बस्दा रक्सी काण्डका कारण विवादमा आएका थिए ।

हिजो एसपी बढुवा हुँदा अगाडी तानिएका तर अहिले पुरै कार्यकाल कार्यक्षेत्रमा टिक्न नसेकालाई आगामी दिनमा कार्य सम्पादन मुल्यांकन कसरी गरिन्छ भन्ने प्रश्न संगठनभित्रै पेचिलो बनेको बनेको खबर बुधबार साप्ताहिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७