अब एउटा बैंकको एटिएम कार्ड अर्कामा नचल्ने


१८ भाद्र २०७६, बुधबार
ATM user

काठमाडौं, १८ भदौ  : अब एउटा बैंकको एटिएम कार्ड अर्कामा नचल्ने भएको छ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) ले एउटा बैंकको एटिएम कार्ड अर्कोमा नचल्ने जनाएको हो ।

बुधबार नेप्सले सुचना जारी गर्दै नेप्समा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही बैंकको एटिएममा मात्रै चल्ने जानकारी गराएको हो । गत शनिबार एकाएक नेप्सको नेर्टवर्कभित्र रहेका बैंकको एटिएम कार्डबाट सोही नेर्टवर्कभित्रकै बैंकबाट पैसा चोरी भएपछि नेप्सले यो कदम चालेको हो ।

नेप्समा ११ वाणिज्य बैंक आबद्ध छन्। नेप्सकाअनुसार उसको नेटवर्कमा प्रभु, सनराइज, माछापुच्छ्रे,जनता, सिद्धार्थ,सिटिजन्स इन्टरनेशनल,एनआइसी, बैंक अफ काठमाडौं, प्राइम कमर्सियल र ग्लोबल आइएमइ बैंक आबद्ध छन्।

त्यस्तै, विकास बैंकमा देव:, ज्योति,ओम,शाइन रेसुङ्गा, सांग्रिला, एक्सेल र लुम्बिनी विकास बैंक रहेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७