नेकपाका प्रचार विभाग प्रमुख श्रेष्ठ र उपप्रमुख थापालाई जिम्मेवारी हस्तान्तरण


१८ भाद्र २०७६, बुधबार
Yogesh Bhattarai

काठमाडौं, १८ भदौ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी औपचारिक रूपमा प्रमुख नारायणकाजी श्रेष्ठ र उपप्रमुख सूर्य थापालाई हस्तान्तरण गरिएको छ ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको दिवाकर हलमा बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा हस्तान्तरण गरिएको हो ।

ततकलिन नेकपा (एमाले) का प्रचार प्रमुख योगेश भट्टराई र सचिव विष्णु रिजाल तथा नेकपा (माओवादी केन्द्र) की प्रचार प्रमुख पम्फा भुसालले आआफ्नो अनुभवसहित नयाँ कार्यविभाजन अन्तर्गत विभागीय जिम्मेवारी पाएका श्रेष्ठ र थापाले जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यतिबेला स्वतन्त्रता र अनुशासन तथा लोकतन्त्र र अधिनायकत्वबीच सन्तुलित सम्बन्ध र व्यवहार गर्न आवश्यक रहेकोमा जोड दिए । उनले योजनाबद्ध प्रचार कार्य व्यवस्थित गर्नुपर्ने आवश्यकता औल्याउँदै नयाँ जिम्मेवारी सफलताका साथ बहन गर्न शुभकामना दिए ।

Pampa Busal

कार्यक्रममा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, युवराज ज्ञवाली, प्रदिप नेपाल, अग्नि सापकोटा, पम्फा भुसाल, रघुजी पन्त, प्रेस संगठन नेपालका ईन्चार्ज राजेन्द्र गौतम, सह इन्चार्जद्वय महेश्वर दाहाल (संयोजक) र ओम शर्मा तथा सहसंयोजक गणेश वस्नेतलगायतले आआफ्ना सुझाव र शुभकामना दिएका थिए ।

हस्तान्तरण पछिको बैठकमा उपप्रमुख थापाले पार्टी नियमावली २०७५ ले विभागलाई प्रदान गरेको कार्य क्षेत्रको चर्चा गर्दै उपस्थित नेतागणलाई स्वागत गरे ।

बैठकको अध्यक्षता गर्दै प्रमुख कमरेड नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष, वरिष्ठ नेतासहित बैठकमा सहभागी सबै आमन्त्रित व्यक्तित्वहरूलाई शुभकामना, निर्देशन र मार्गदर्शनका निम्ति धन्यवादका साथ विभागले योजनाबद्ध र सुव्यवस्थित रूपमा काम गर्ने स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७