इपिएलमा ललितपुरको भैरहवालाई १४२ रनको लक्ष्य


६ पुष २०७४, बिहीबार
lalitpur vs bhairahawa

काठमाडौं) : एभरेष्ट प्रिमियर लिग(ईपिएल)अन्तर्गत बिहीबार जारी पहिलो खेलमा ललितपुर प्याट्रियोट्सले भैरहवा ग्लाडियटर्सलाई १ सय ४२ रनको लक्ष्य दिएको छ।lalitpur vs bhairahawa
इण्डियन प्रिमियर लिग(आइपिएल)मा दिल्ली डेयरडेभेल्सबाट खेलिसकेका भारतीय खेलाडी योगेश नागरले अर्धशतकिय पारी र कप्तान ज्ञानेन्द्र मल्लले ४२ रनको मदत ठुलो स्कोर बनाएको हो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रन जोड्यो। ललितपुरका लागि योगेश नागरले ३३ बलमा ५४ रनको पारी खेले। सो क्रममा उनले ७ चौका र १ छक्का प्रहार गरे।

यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले २९ बलको सामना गरेका ज्ञानेन्द्रले ३ छक्का र २ चौका प्रहार गरे। ललितपुरका भारतीय खेलाडी जयकिसन अनिलकुमार कोल्सावालाले १४ रन बनाए।

भैरहवाका दीपेश श्रेष्ठले ३ तथा आरिफ सेख र पुनित मिश्राले समान २–२ विकेट लिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७