आँबुखैरेनीमा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालन


६ पुष २०७४, बिहीबार
Nayapage नयाँपेज नेपालकाे नम्बर . १ अनलाइन

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाले  ३० लाखको लागतमा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ । ल्याण्डफिल्ड साइट नहुँदा लामो समयदेखि फोहर व्यवस्थित गर्न नसकेको सो गाउँपालिकाले फोहरबाट मोहोर आम्दानी गर्ने उद्देश्यसहित फोहरलाई व्यवस्थित गर्न थालेको हो ।Nayapage नयाँपेज नेपालकाे नम्बर . १ अनलाइन

 ३० लाखको लागतमा फोहरमैला व्यवस्थापन केन्द्रको स्थापना गरी फोहर फाल्न थालिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए ।
आँबुखैरेनी गाउँपालिका–३ को कुडुलेमा छ रोपनी जग्गा भाडामा लिई फोहर व्यवस्थित गर्न थालिएको हो, थापाले भने । वार्षिक रु ७२ हजार भाडा दिने गरी १० वर्षका लागि जग्गा लिइएको जानकारी दिए ।

उक्त गाउँपालिकाको वडा नं १, २, ३ र ४ बजार क्षेत्रबाट दैनिक उठ्ने तीन ट्रक फोहर सो केन्द्रमा लगी फाल्ने गरिएको गाउँपालिकाकी कार्यकारी अधिकृत दुर्गा थापाले बताउनुभयो । फोहरलाई मोहोर बनाउने उद्देश्य लिइएको उनले बताए ।

कुहिने फोहरबाट प्रांगारिक मल बनाउने र नकुहिने फोहर शिशा, प्लाष्टिक, प्लाष्टिकका बोतल पुनःप्रयोग गर्न सकिने वस्तुलाई बिक्री गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । आँबुखैरेनीलाई सफा, सुन्दर र समृद्ध गाउँपालिका बनाउने लक्ष्य लिइएको गाउँपालिकाका कर्मचारी बताउँछन् ।

फोहरलाई व्यवस्थित ढंगबाट संकलन गरी केन्द्रसम्म पु¥याउनका लागि अहिले टोल सुधार समितिका पदाधिकारीलाई तालीम दिइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७