अस्ट्रियाको भियना विश्वकै बस्नयोग्य शहर


१९ भाद्र २०७६, बिहीबार
View Of Vienna City Skyline Slider Big Bus Tours

काठमाडौं, १९ भदौ । अस्ट्रियाको भियना विश्वकै बस्नलायक शहरको सूचीमा परेको छ । दी इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) सार्वजनिक गरेको सूचीमा भियना विश्वकै बस्नलायक शहरको सुचीमा परेको हो ।

स्वच्छ पर्यावरण र अपराधलाई आधार बनाएर गरेको भनिएको सर्भेमा क्यानडाको भ्यानकुभरसहित जर्मनको म्युनिख र न्युजिल्यान्डको अकल्यान्ड समान तेस्रो नम्बरमा पर्न सफल भए । जर्मनको डसेलडोर्फ छैटौं र फ्यांकफर्ट सातौं नम्बरमा सूचीकृत भएका छन् ।


स्विट्जरल्यान्डको जुरिचसहित ३ शहर उत्कृष्ट १० मा परेका छन । बस्नयोग्य शहरको आठौं, नवौं र दशौंमा क्रमशः डेनमार्कको कोपनहेगन, स्विट्जरल्यान्डको जेनेभा र स्विटजरल्यान्डकै बसेल परेका छन् ।


अस्ट्रेलियाको सिड्नी र एम्स्टर्डम शान्त शहरका रूपमा चिनिए पनि यी शहर उत्कृष्ट १० मा पर्न सकेनन् । यी दुवै शहर यसपटकको मूल्यांकनमा समान ११ औं स्थानमा परेका छन ।


एसियाको स्थान औषतभन्दा तल देखिएको छ । दक्षिण एसिया विश्वका अन्य देशको तुलनामा शान्त मानिन्छ । तर, बस्नलायक शहरको सूचीमा यी क्षेत्रका कुनै पनि शहर परेका छैनन् । २३१ शहरको सूची सार्वजनिक हुँदा नेपालको कुनै पनि शहर सूचीमा परेका छैनन् ।


छिमेकी देश चीनका ११ शहरलाई ईआईयूले मूल्यांकनमा समेटे पनि अधिकांश शहर कमजोर देखिएका छन् । तुलनात्मक रूपमा शान्त मानिने सांघाइ शहर नै सूचीको १०३ औं नम्बर छ । राजधानी बेइजिङ त १२० औं नम्बरमा छ ।


अर्का छिमेकी देश भारतको अवस्था पनि नाजुक छ । यसका सात शहरमा गरिएको सर्भेक्षणमा हैदरावाद नै सूचीको १४३ औं नम्बरमा धकेलिएको छ । राजधानी नयाँदिल्ली त भारतका अन्य शहरको पुछारमा अर्थात् १६२ औं स्थानमा छ । अघिल्लो वर्ष १६२ औं स्थानमा नयाँदिल्ली परेको छ । भारतको दोस्रो ठूलो शहर मुम्बई ११९ औं स्थानमा पुगेको छ । दक्षिण एसियाली मुलुक बंगलादेशको ढाका २१७ औं स्थानमा छ ।


विश्वकै बस्न अयोग्य शहरमा इराकको बग्दाद, सेन्ट्रल अफ्रिकन रिपब्लिकको बांगुङ, यमनको साना, हैटीको पोर्ट यू प्रिन्स परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७