४० हजार फलोअर्स भएका ‘टिकटक स्टार’ शाहरुख पक्राउ, यस्तो रहेछ भित्रि धन्दा


१९ भाद्र २०७६, बिहीबार
sharukh

काठमाडौं, १९ भदौं । चिनियाँ एप टिकटकमा अहिले विश्वका युवा झम्मिएका छन् । यो एपमार्फत् मानिसहरुले आफ्नो प्रतिभा देखाइरहेका छन् । कतिले त लोकप्रियता पनि हासिल गरिरहेका छन् । यस्तै एक २३ वर्षीय टिकटक स्टार शाहरुख खान चर्चामा छाएका छन् । उनी उत्तर प्रदेशको बुलन्द शहरमा बस्छन् ।

टिकटकमा पहिलेदेखि नै चर्चित उनी अहिले पुलिसको नजरमा परेका छन् । उनको आपराधिक क्रियाकलाप उजागर भएको छ । उनलाई बुधबार ग्रेटर नोएडाबाट पक्राउ गरिएको छ ।

शाहरुख आफ्ना तीन साथीसँग मिलेर पछिल्लो ६ महिनादेखि लुटपाटमा संलग्न भएको पुलिसले जानकारी दिएको छ । उनले बाटोमा हिँड्नेहरुको फोन र पैसा लुट्ने गरेका थिए । ग्रेटर नोएडाका पुलिसले यी लुटपाटबारे केही सुराग भेटेका थिए र पुलिसले उनीहरुको खोजी शुरु गरेका थिए ।

चार संदिग्ध शाहरुख, आसिफ, फैजान र मुकेशलाई ग्रेटर नोएडा पुलिसले पक्राउ गरेको छ । सोधपुछको क्रममा उनीहरुले करिब ६ वटा लुटपाट गरेको स्विकारेका छन् । पुलिसले उनीहरुसँग भएको मोबाइल फोन, बाइक र पैसा बरामद गरेका छन् ।

शाहरुख, आसिफ र फैजान तीनैजना उत्तर प्रदेशको बुलन्दशहरका हुन् । जबकी मुकेश बिहारका हुन् । यीमध्ये शाहरुख राम्रा डान्सर हुन् र टिकटकमा उनका हज्जारौं फलोअर्स छन् ।
पुलिसका अनुसार शाहरुखले पीडितलाई सुरुमा छामछुम गर्दथे र त्यसपछि लुट्ने गर्दथे । लुटपाटपछि शाहरुखले नै ती पैसा आफ्ना साथीहरुलाई बाँड्थे । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७