सलमानले विहे नगर्नुको कारण यसरी खोले बुबा सलिमले


१९ भाद्र २०७६, बिहीबार
salman16

काठमाडौं, १९ भदौं । बलिउड सुपरस्टार सलमान खान हरेकको दिलमा राज गर्ने व्यक्ति हुन् । उनको फ्यानको उनीप्रतिको क्रेज यस्तो छ कि सलमानको जुनसुकै फिल्म रिलिज भए पनि सुपरहिट भइहाल्छ । बलिउडमा उनको सफलताको आजपनि ग्यारेन्टी जस्तै नै छ । उनी अभिनीत पछिल्लो फिल्म ‘भारत’ हो ।

सलमानलाई वर्षौदेखि प्रशंसकहरुले एउटा प्रश्न पटक–पटक गर्ने गरेका छन्, ‘कहिले बिहे गर्ने ?’ उनको बिहेको विषयलाई लिएर अनेक अन्दाज लगाइएको पाइन्छ । कहिले सलमान कैटरीनासँग, कहिले यूलियासँग बिहे गर्दै भन्ने हल्ला फैलिरहेको छ । तर, वास्तवमा नै उनले कहिले बिहे गर्छन् कसैलाई थाहा छैन ।

सलमानको पारिवारिक सुत्रको अनुसार, सलीम खान (सलमानका पिता) ले भनेका छन्, ’सलमानलाई बिहेको दबाब नदिंदा नै राम्रो हुन्छ किनकी उसले जीन्दगीभर एक्लै रहने फैसला गरिसकेको छ ।’ ऐश्वर्यासँग ब्रेकअप भएपछि सलमानको माया–प्रेममा विश्वास लाग्न छाडेको बताइन्छ । यसकारण उनले कहिल्यै बिहे नगर्ने फैसला लिएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७