घर सुधार गराएर अनुदान दिन हात्तीपाइले पीडितको माग


६ पुष २०७४, बिहीबार
Hattipaile Rog

मलेख : हात्तीपाइले लागेर समस्यामा परेका गाउँवासीले गाउँमा प्राविधिक नआएकाले आफूहरूले सरकारले तोकेको १७ मोडेलको घर सुधार गरेर भएपनि अनुदान दिन माग गरेका छन्।Hattipaile Rog

इन्सेक र गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँवासीले भूकम्प प्रभावितका बनेका घरको सबै घरको रकम दिन माग गरेका हुन् ।

त्रिपुरासुन्दरी गाउँपालिका–१ स्थित गाउँबस्ती अधिकांश कुमाल र दराइको बस्ती रहेका छन् । हात्तीपाइले प्रभावित गाउँ भएकाले उनीहरूले प्रविधिको अभावमा निर्माण गरेका घरको पनि सरकारले दिने अनुदान रकम उपलब्ध गराउन गाउँवासीले माग गरेका छन् ।

जिल्लामै सबैभन्दा कम दोस्रो किस्ता पाउने गाउँका रुपमा रहेको यस वडाका ८८४ लाभग्राही रहेका थिए । ८५४ जनाले पहिलो किस्ता रकम पाएकोमा ३४ जनाले मात्र दोस्रो किस्ताको रकम पाएको त्रिपुरासुन्दरी गाउँपालिकामा कार्यरत पुनःनिर्माण प्राधिकरणका प्राविधिक इञ्जिनियर सुनिलकुमार श्रेष्ठले बताए ।

गाउँवासीले निर्माण गरेका घर प्राविधिक रुपले नहुने भए सच्याउन र मिलाउन गाउँवासी तयार रहेको तर सबै घरलाई अनुदान दिन माग गर्दै आवश्यक प्रक्रिया पु¥याउन गाउँपालिकालाई समेत आग्रह गरेका थिए ।

वडाध्यक्ष भोजबहादुर रिजाल र कृष्णबहादुर खत्रीले गाउँपालिका र वडाले प्राविधिकलाई परेको समस्या समाधान गर्न र नीतिसमेत बनाएर लागू गर्न तयार रहेको तर नागरिकले बनाएका सबै घरलाई अनुदान दिने गरी सिफारिश गर्न र प्राविधिकरुपमा नबनेका घरलाई सुधार गर्नसमेत तयार रहेको बताएको थियो ।

गरिब गाउँवासी भएकाले गाउँपालिकाले सबै किसिमले सहयोग गर्ने बताउँदै गाउँपालिका अध्यक्ष शम्भु थापाले गाउँपालिकाले नियमानुसार निर्णयसमेत गरेर नीतिगत रुपमा समेत जनताको पक्षमा काम गर्ने बताए ।

भूकम्प प्रभावित गाउँमा ५० को संख्यामा हात्तीपाइले भएकाको समस्या रहेको र उनीहरूले समेत घर बनाउन नसकेको अवस्थामा समस्यामाथि समस्या आएको दलबहादुर दरइले बताए ।

दुवैखुट्टामा हात्तीपाइले भएर काम गर्नसमेत नसक्ने भएका लालबहादुर दरइ र सेती दरइले आफ्नो घर बनाउन प्राविधिकले कहिल्यै सल्लाह नदिएको तथा सडक क्षेत्रमा मात्र गएकाले आफ्नो गाउँमा प्राविधिक आउनुपर्नेमा जोड दिएका थिए ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७