ह्वातै बढ्यो दूधको मूल्य, प्रतिलिटर ६ रुपैयाँ वृद्धि


१९ भाद्र २०७६, बिहीबार
milk
फाइल फोटो

काठमाडौं, १९ भदौं । सरकारले दूधको मूल्य ह्वातै बढाएको छ । सरकारले एकै पटक दूधको मूल्य ६ रुपैयाँ बढाएको छ ।

बिहीबार सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको दूग्ध विकास संस्थानका महाप्रवन्धक शैलेन्द्र घिमिरेले जानकारी दिए । महाप्रवन्धक घिमिरेका अनुसार महँगीका कारण किसानको लागत बढेसँगै उपभोक्ता मूल्य पनि वृद्धि गरिएको हो ।

संस्थानले कृषिमन्त्री चक्रपाणि खनालले बिहीबार दूधको मूल्य बढाउने फाइल स्वीकृत गरेको थिए । महाप्रवन्धक घिमिरेका अनुसार फाइल सदर भएपनि बोर्ड बैठक बस्न भने बाँकी नै रहेको छ ।
‘आजै कार्यालय समय सकिएपछि बोर्ड बैठक बस्छ र बढेको मूल्य सार्वजनिक गरिन्छ ।

त्यसमा समयसमेत तोकिन्छ’ महाप्रवन्धक घिमिरेले रातोपाटीलाई जानकारी दिए । दूग्ध विकास संस्थानका अध्यक्ष बसन्त गिरीले बढेको दूधको मूल्यमध्ये ६९ प्रतिशत किसानलाई र बाँकी ३१ प्रतिशत डेरीहरुले पाउने बताए ।

उनले बढेको मुल्य शनिबारबाटमात्रै लागू हुने जानकारी पनि दिए । यसअघि किसानहरुले लागत बढेको भन्दै मूल्य बढाउन दवाव दिँदै आएका थिए । किसानको दवावपछि कृषि मन्त्रालय र दुग्ध विकास संस्थानले कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको प्रतिवेदनका आधारमा दूधको नयाँ मूल्य निर्धारण भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७