विश्वकप छनोट : नेपाल कुवेतसँग ७–० ले पराजित


२० भाद्र २०७६, शुक्रबार
nepal

काठमाडौं, २० भदौं । फिफा विश्वकप छनोट फुटबलको दोस्रो चरणको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको छ ।

गएर राति कुवेतको अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलको पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा पाँच गोल खायो । तर, नेपालले एक गोल पनि फर्काउन सकेन ।
फिफा वरियतामा नेपालभन्दा कुवेत चार स्थान माथि छ ।

तर नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन । नेपालले गत चैतमा कुवेतविरुद्व दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो खेल नेपालले १–० गोलअन्तरले हारेको थियो ।

हेड टु हेडको आधारमा हालसम्म खेलिएका ६ खेलमध्ये पाँच खेलको नतिजा कुवेतले आफनो पक्षमा पारेको छ भने बाँकी एक खेल बराबरीमा सकिएको थियो । नेपालले सन् १८८२ नोभेम्बरमा भएको एशियन गेम्समा पहिलो पटक कुवेतसँग खेलेको थियो ।

सो खेलमा नेपाल कुवेतसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो भेट सन् १९८६ को एशियन गेम्समा भएको थियो, त्यतिबेला नेपाल कुवेतसँग ५–० गोल अन्तरले पराजित भयो ।
त्यसैगरी सन् १९९४ मा भएको एशियन गेम्समा नेपाल कुवेतसँग ८–० गोल अन्तरले पराजित भएको थियो ।

सन् २००० मा भएको एशियन गेममा कुवेतसँग नेपाल ५–० गोल अन्तरले पराजित हुन पुग्यो । त्यस्तै नेपालले गत चैतको पहिलो सातामा भएको अन्तर्रा्िष्ट्रय मैत्रीपूर्ण खेलमा कुवेतलाई बराबरीमा रोक्न सफल भएको थियो । यो नै कुवेतविरुद्ध नेपालको राम्रो नतिजा थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७