ह्वातै घट्यो सुन-चाँदीको भाउ


२० भाद्र २०७६, शुक्रबार
gold

काठमाडौं, २० भदौं । लगातार उकालो लागिरहेको सुनको भाउ आज (शुक्रबार) भने ह्वातै घटेको छ । सुनको भाउ शुक्रबार तोलामा १४ सय रुपैयाँ घटेको छ ।

सुनको भाउ शुक्रबार तोलाको ७२ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । बिहीबार सुनको भाय तोलाको ७३ हजार ४ सय रुपैयाँ तोकिएको थियो ।
चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेर तोलाको ९ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७