निजामती कर्मचारीले सहसचिव र उपसचिवमा खुला परीक्षामा सहभागी हुन नपाउने


२० भाद्र २०७६, शुक्रबार
Karmachari

काठमाडौं, २० भदौं । निजामती सेवामा कार्यरत कर्मचारीले उपसचिव र सहसचिव पदको खुला परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले संघीय निजामती सेवासम्बन्धी विधेयकमा निजामती कर्मचारीलाई राजपत्राकिंत द्धितीय र प्रथम श्रेणीको परीक्षामा खुला प्रतिष्पर्धा गर्ने बाटो बन्द गर्ने सहमति गरेको हो ।

अब निजामती कर्मचारीले उपसचिव र सहसचिवको परीक्षामा सहभागी हुन राजीनामा दिएर खुला प्रतिष्पर्धा गर्नुपर्नेछ । राजीनामा दिएर खुला प्रतियोगितामा प्रतिष्पर्धा गर्ने निजामती कर्मचारीले परीक्षा उतीर्ण गरेमा त्यसअघिको सेवा अवधि पनि गणना हुने छैन ।

हालसम्म निजामती कर्मचारीले सेवामा बहाल रहेरै उपसचिव र सहसचिव खुला प्रतिष्पर्धामा सहभागी हुन पाउने व्यवस्था छ ।

राज्य व्यवस्था समितिले राजपत्रांकित प्रथम र द्धितीय श्रेणीको पदको खुला प्रतियोगिताबाट गरिने पदमा सम्बन्धित विषयमा स्नातकोत्तर गरेको र संघीय निजामती सेवा, प्रदेश निजामती सेवा, स्थानीय सेवा र अन्य कुनै सरकारी सेवा वा प्रचलित कानुन बमोजिम दर्ता भएको सांगठनिक संस्था वा अन्तर्राष्ट्रिय संस्थाको एक श्रेणी वा तह मुनिको अधिकृतस्तरको कर्मचारीले प्रतिस्पर्धा गर्न पाउने गरी सहमति जुटाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७