युरोकप छनोट : जर्मनीसँग नेदरल्याण्ड्स पराजित


२१ भाद्र २०७६, शनिबार
uro

लण्डन, २१ भदौं । युरो कप छनोट खेलमा युरोपियन पावरहाउस जर्मनी नेदरल्याण्ड्ससँग ४–२ गोल अन्तरले पराजित भएको छ ।

गए राति भएको समूह सी को खेलमा जर्मनी डच टिमसँग ४–२ गोलले स्तब्ध भएको हो । त्यसो त जर्मनीले एक गोलको अग्रता जोगाउन सकेन । खेलको नौ मिनेटमा नै जर्मनीका नाब्रीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको जर्मनीविरुद्ध डच टिमले दोस्रो हाफमा चार गोल गर्दा उसले एक गोल मात्र फर्काउन सफल भयो ।

५९ औं मिनेटमा डी जोङले गोल गरे भने ६६ औं मिनेटमा डच टिमले उपहार गोल पायो । जर्मनीका ताहले आत्मघाती गोल गर्न पुगे । त्यसपछि ७३ औं मिनेटमा डच टिमका क्रुसले आफ्नै पोष्टमा गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो ।

७९ औं मिनेटमा मलिनले फेरि डच टिमका लागि तेस्रो गोल गर्दा खेल ३–२ को अवस्थामा पुग्यो । खेलको इन्जुरी समयमा नेदरल्याण्ड्सले चौथो गोल थप्यो ।

तर त्यसपछि जर्मनी खेलमा फर्कन सकेन र पराजित भयो । जितपछि नेदरल्याण्ड्सले तीन खेलमा ६ अंक बनाएको छ भने जर्मनीको चार खेलमा नौ अंक छ । समूह सी को शीर्ष स्थानमा आयरल्याण्ड रहेको छ । उसले चार खेलबाट १२ अंक बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७