यी हुन् कलाकारको जोडी फुटाउने भाइरस


६ पुष २०७४, बिहीबार
Magne Buda and Dhurmus 1

काठमाडौं : ‘हाम्रो जोडीमा भाइरस लाग्यो त्यही भाइरसले हाम्रो दोस्ती खाइदियो ।’ हास्यकलाकार जितु नेपालसँग सम्बन्ध टुटेपछि दुःखी हुँदै दमन रूपाखेती भन्थे । त्यही भाइरसका कारण हो आज पनि दमन रूपाखेती र जितु नेपाल भेट्दा मन खोलेर बोल्दैनन् । उस्तै स्थिति छ, सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरेबीच । त्यस्तै, भद्रगोल नामक टेलीशृंखलामा धुर्मुसका भाइलाई भिœयाएर मुख्य लगानीकर्ता सुवास कार्की बेलासेलाई गलहत्याउन उनीहरूबीच तिक्तता चुलिएको छ । यसरी कलाकार फुटाउने र राजनीति गर्ने ती तत्वलाई अन्ततः कलाकारकै आँसु लागेको छ ।

Magne Buda and Dhurmus 1
आफू त फँसे फँसे, यो जञ्जालमा अर्का मिडिया टाइकुन भाष्करराज राजकर्णिकार र रञ्जित आचार्यको अनुहारमा पनि धब्बा लागेको छ । यी विज्ञापन व्यवसायीलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ । भएको के रहेछ भने, मिडिया हबले भद्रगोल नामक टेलिशृंखला बनाउने भयो । यस्तैमा भेटिए सुवास कार्की बेलासे । उनी र उनको संस्था सुवि फिल्मस र मिडिया हबबीच लिखित सम्झौता भएको थियो प्रतिशृंखला ५६ हजार ५ सयका दरले निर्माण पक्षलाई दिने । तर, ५० औं शृंखला पूरा गरिसक्दासमेत मिडिया हबका मालिक सोम धितालले पैसा दिन चाहेनन् बरु सो समूहबाट सुवास कार्कीलाई हटाएर कुमार कट्टेलहरूलाई भिœयाउने रणनीति बनाए ।

एकातिर सम्झौताबमोजिम बेलासेले मिडिया हबबाट रकम पाउन सकेनन् नै ! पाएका थिए त बैंकमा पैसा नभएको चेक मात्र । अहिले पनि सुवास कार्की बेलासे मिडिया हबले सुवि फिल्मसका लागि तीन वटा चेक बोकेर हिँडिरहेका छन् । ०७४ वैशाख १७ गते ७ लाख २५ हजार, जेठ १५ को मितिमा काटिएको १० लाख र जेठ २० गते पुनः १० लाखको बाउन्स भएको चेक बोकेर हिँडिरहेका छन् । यी तीनवटै चेक इन्भेस्टमेन्ट बैंकका थिए । उनी चेक साट्न पटक–पटक बैंकमा पुगे तर खातामा पैसा छैन । तीन पटकसम्म काटिएको नेपाल इन्भेस्टमेन्ट बैंकको २७ लाख २७ हजार बराबरको तीनवटै चेक बाउन्स भएसँगै बैंकले कर्जा सूचना केन्द्रलाई मिडिया हबलाई कालोसूचीमा राख्न पत्राचार गरेको थियो ।

बैंकको सोही पत्राचारबमोजिम कर्जा सूचना केन्द्रले मिडिया हब र यसका सञ्चालकलाई कालोसूचीमा राखेको हो । यससँगै सोम धिताल, भाष्करराज राजकर्णिकार र रञ्जित आचार्यहरूको अनुहारमा धब्बा लाग्न पुगेको छ । कुनै पनि कम्पनी कालोसूचीमा परेसँगै मिडिया हब र यसका सञ्चालकले सेयर खरिदबिक्री र नयाँ संस्था खोल्नेलगायत कार्य गर्न पाउने छैनन् । यता, कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको मिडिया हबलाई कारबाही गर्न नेपाल टेलिभिजन व्यवस्थापनले कारबाही गर्न आनाकानी गर्दै आएको छ । अहिले पनि टेलिभिजनका केही कर्मचारीलाई भित्रभित्रै मिलाएर टेलिभिजनलाई तिर्नुपर्ने दसौं करोड रकम नतिरी उसले ४–४ वटा स्लट हात पारिरहेको छ ।

‘ब्रेकफेल’, खासखुस, मेरी बास्सै, भद्रगोल मिडिया हबले नै बनाइरहेको छ । यसरी एक समयको चर्चित विज्ञापन एजेन्सी डुब्नुको पछाडिको कारण के हो ? जहाँ प्रिज्मा एड्भरटाइजिङका सञ्चालक रञ्जित आचार्य राम्रा विज्ञापन व्यवसायीमा गनिन्छन् । उनको समेत संलग्नता मिडिया हबमा छन् । एएनएस क्रियसनका सुदीप थापा, भाष्करराज राजकर्णिकार, कारोबार मिडियासमेत चलाउँदै आएका सोम धिताल यसका सञ्चालक हुन् । धिताल र राजकर्णिकारहरूले चालेका विभिन्न कदमका कारण अन्य इमानदार ‘पार्टनर’ फसिरहेको हबनिकट विश्वस्त स्रोतले बताएको छ ।

मिडिया हबबाट उठेको पैसा जग्गामा लगानी गर्ने मात्रै होइन, राजकर्णिकारले आफ्नो टेलिभिजनमा समेत खर्च गर्न थालेपछि हबमा आर्थिक संकटमा फसेको मिडिया हब सूत्रले जनायो । स्थिति यसरी उल्टिएको छ कि, सोम धिताल पहिला चण्डोलस्थित आफ्नै घरमा सय रुपैयाँ प्वाइन्ट म्यारिज खेल्थे अहिले कुनै कलाकारसँग एक हजार सापटी माग्छन् र पाँच रुपैयाँ प्वाइन्ट म्यारिज खेलेर दिन कटाइरहेको जनआस्था साप्ताहिकले लेखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७