बीबी लिम्बु र सुनिता थेगिमको पूर्वेली गीत ‘शिरै फूल’सार्वजनिक


२१ भाद्र २०७६, शनिबार
sirai phula

काठमाडौँ, २१ भदौ । गीतकार तथा सङ्गीतकार जीत लिम्बुको शिरै फूल शिरबन्दी सिरै माथि सिउरेको बोलको पुर्वेली गीतको सार्वजनिक भएको छ । विभिन्न चर्चित पुर्वेली गीतहरू निकाली सकेको लिम्बुको शुक्रबार नयाँ गीत सार्वजनिक गरेका हुन् ।

गीतको भिडियो सुटिङ पूर्वी पहाड जिल्लाको विभिन्न रमणीय ठाउँहरूमा भएको थियो । हावा सरर , बज्यो लौ हरण, धानैमा नाच्नु सोल्टिनी, के छ समाचार, जस्ता विभिन्न चर्चित पुर्वेली गीतहरू लिम्बुले यसअघि ल्याइसकेको छन् ।


सफल क्यामेरा म्यान तथा इडिटर समेत रहेका गायक बीबी लिम्बु र चर्चित गायिका सुनिता थेगिम लिम्बुको आवाजमा रहेको यस गीतमा एरेन्ज वरिष्ठ गायक तथा सङ्गीतकार कृष्णभक्त राईले गरेका छन् भने शब्द सङ्गीत जीत लिम्बुको रहेको छ ।


लिम्बु जातिको विशेष पहिचान झल्किने गरेर बनाइएको यस म्युजिक भिडियोको निर्देशन प्रकाश लिम्बुले गरेका छन् भने क्यामेरामा बीबी लिम्बु र पर्शु राम लिम्बु रहेका छन् ।


यस गीतको कोरियोग्राफर रमेश सुनुवार हुन् । भने ड्रेस डिजाइन द थाइल्यान्ड आर्ट काठमान्डौले गरेको छ । म्युजिक भिडियोमा गायक र नायक तथा मोडल कन्चन थलङ लिम्बु र सोनिया लिम्बुले आफ्नो अभिनय प्रस्तुत गरेका छन् । गीतको म्युजिक भिडियो युट्युब च्यानल रेन्बो रेज मिडिया प्रा लि बाट सार्वजनिक भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७