गाई मारेको आरोपमा प्रहरी इन्स्पेक्टर नै पक्राउ


२१ भाद्र २०७६, शनिबार
Nepal police

सुर्खेत, २१ भदौं । बाँकेका छाडा गाई दैलेख लैजाने बहानामा सुर्खेतमा हत्या गरिएको प्रकरणमा नेपाल प्रहरीका इन्स्पेक्टर पक्राउ परेका छन् ।

सुर्खेत प्रहरीले नेपालगञ्ज नगर प्रहरी कार्यालयका निरीक्षक सूर्य बोगटीलाई शुक्रबार पक्राउ गरेको हो ।

उनीसँगै चितवन ट्रान्सपोर्टका सञ्चालक विक्की भनिने सत्रिप्तसिंह श्रेष्ठलाई पनि पक्राउ गरिएको छ । सुर्खेतका एसपी वसन्त रजौरेले उनीहरु उनीहरु दुवैलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरले दैलेख लैजाने भन्दै पठाइएका दुई सय ९१ वटा गाईरगोरु सुर्खेतमा भीरबाट खसालिएको थियो । जसमध्ये ४० वटा गाई मरेका र कयौं घाइते भएका थिए ।

गाईरगोरु ८ वटा ट्रकमा राखेर दैलदेख लैजाने कामको बोगटीले नै गरेका थिए । यससँगै उक्त प्रकरणमा हालसम्म ९ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७