आज मोवाइल सेवा अवरुद्ध हुने, नेपाल टेलिकमले फोरजी सेवा अपग्रेड गर्दै


२१ भाद्र २०७६, शनिबार
mobile 1
फाइल फोटो

काठमाडौं, २१ भदौं । नेपाल टेलिकमले फोरजीरएलटिई सेवा अपग्रेड गर्दैछ । शनिबार राति ११ः३० बजेदेखि अपग्रेडको काम शुरू हुने भएकाले त्यस समयमा मोवाइल सेवा प्रयोगमा कठीनाइ आउनसक्ने टेलिकमले जानकारी गराएको छ ।

मोवाइल सेवा अबरूद्ध हुन पुगे मोवाइल स्वीच अफ गरी अन गर्न पनि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, वायरलेस सेवा निर्देशनालय बबरमहलले सूचना निकालेर जानकारी गराएको छ ।

‘फोरजीरएलटिई सेवा सञ्चालनका लागि यही मिति २०७६ भदौ २१ गते राति ११ः३० बजेदेखि सिष्टम अपग्रेडसम्बन्धी कार्य हुने भएकोले उक्त समयमा जिएसएम मोवाइल सेवा प्रयोगमा केही असुविधा हुन सक्ने सबैमा जानकारी गराइन्छ,’ टेलिकमले निकालेको सूचनामा भनिएको छ ।

टेलिकमले प्रविधिमा आएको परिवर्तनसँगै सेवाग्राहीलाई समयसापेक्ष नयाँ प्रविधिमा आधारित सेवाहरू उपलब्ध गराउने प्रयास गरिराखेको पनि उल्लेख गरेको छ । देशभर नै फोरजीरएलटिई सेवा विस्तार भइराखेको टेलिकमको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७