स्व. उसु प्रशिक्षक महर्जनको परिवारलाई आर्थिक सहयोग


२१ भाद्र २०७६, शनिबार
usu

काठमाडौं, २१ भदौ । उसुको राष्ट्रिय निर्णायक तथा बलम्बु उसु क्वानका प्रशिक्षक स्व. कृष्ण महर्जनको परिवारलाई आर्थिक सहयोग गरेको छ ।


नेपाल उसु भोलन्टियर प्रशिक्षक कमिटिको पहलमा संकलित रकम दसरथ रंगशालामा एक कार्यक्रम शनिबार स्व. महर्जनको परिवारलाई एक लाख एक हजार ६ सय चालीस रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।  कार्यक्रममा नेपाल उसु महासंघका उपाध्यक्ष श्री राजिव महर्जन तथा नेपाल उसु भोलन्टियर प्रशिक्षक कमिटिका संयोजक श्री मन्जुर महर्जनद्वारा स्व. महर्जनको छोरीलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।
सहयोग रकम नेपाल उसु भोलन्टियर प्रशिक्षक कमिटिका सदस्यहरु, उसु प्रशिक्षक र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उसु खेलाडिहरुबाट प्राप्त भएको थियो ।

sahayoga

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७