सलाम एयरले ओमान काठमाडौं दैनिक उडान गर्ने


२१ भाद्र २०७६, शनिबार
1953849199salam

काठमाडौं, २१ भदौं । नेपालमा साताको तीन उडान गदैं आएको सलाम एयरले काठमाडौंमा दैनिक उडान गर्ने भएको छ ।

ओमानको वायुसेवा कम्पनी सलाम एयरले गएको एक वर्षदेखी काठमाण्डौमा सातामा तीन उडान गरिरहेको थियो । काठमाण्डौ उडान थालेको एक वर्ष पुरा भएको अवसरमा विशेष कार्यक्रम आयोजना गरि सलाम एयरले काठमाण्डौ दैनिक उडान थालेको घोषणा गरेको हो । विशेष गरि नेपालबाट रोजगारीका लागी खाडी मुलुक जाने नेपालीलाई लक्षित गरि सलामले काठमाण्डौ उडान थालेको थियो ।
गएको एक वर्षको टिकट सेललाई हेर्दा तुलनात्मक रुपमा कम मुल्यमा सुरक्षित यात्राका लागी सलामको उडान धेरै नेपालीले रुचाएका छन । छोटै समयमा काठमाण्डौ ९ मस्कट उडानका लागी सलामको यात्रामा धेरैको आर्कषण बढेको देखिएकाले दैनिक उडान थाल्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
सरकारले पर्यटक लक्षित अनलाइन भुक्तानीको व्यवस्था गर्न लागेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ओमानको सलाम एयरको दैनिक विमान उडान उद्घाटनका लागि आयोजित कार्यक्रममा पर्यटकको सजिलोको लागि भिसाको अनलाइन भुक्तानीको व्यवस्था मिलाउन लागिएको जानकारी गराए ।

उनले हालसम्म भिसा फर्म मात्रै अनलाइन आवेदन गर्न सकिने व्यवस्था भएको र त्यो प्रभावकारी भएको भन्दै अब भिसाको भुक्तानी पनि अनलाइनमार्फत गरिने व्यवस्था गर्न लागेको बताए । ‘पर्यटकको सहजतालाई मध्यनजर गर्दै अनलाइन भुक्तानीको व्यवस्था मिलाउँदै छौं । अहिले कतिपय पर्यटकले भिजा फर्म अनलाइनमार्फत अप्लाई गरिरहेका छन् । अनलाइन भिजा अप्लाइ गर्दा सजिलो भएको र पेमेन्ट पनि अनलाइन हुन सक्यो भने झन् सहजता हुने केही पर्यटक साथीहरूले भनेका छन् । त्यसलाई मध्यनजर गर्दै हामीले अनलाइम पेमेन्ट लागू गर्न गइरहेका छौं । यो लागू भएपछि पर्यटकलाई धेरै सहजता हुनेछ,’ उनले भने ।

मन्त्री भट्टराईले सलाम एयरले भिजिट नेपाल २०२० सफल बनाउन पर्यटक ओसारपसारमा सहयोग गर्ने अपेक्षा नेपाल सरकारले लिएको र सलाम एयरको सफलता, उन्नति प्रगतिको कामना समेत व्यक्त गरे । कार्यक्रममा पर्यटन बोर्डका अध्यक्ष दिपक जोशीले सलाम एयरले ओमानबाट आउने पर्यटक भित्र्याउन भूमिका निभाउने अपेक्षा गरेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७