युरोकप छनोट : पोर्चुगलले घरेलु टिम सर्वियालाई हरायो


२२ भाद्र २०७६, आईतवार
euro

काठमाडौं, २२ भदौं । पोर्चुगलले युरोकप छनोट फुटबलमा सर्वियालाई हराएको छ ।
घरेलु टोली सर्वियालाई पोर्चुगलले शनिबार राति भएको खेलमा ४–२ गोलअन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, विलियम कार्भाल्हो, गोन्कालो गुइडेस र बेर्नार्डो सिल्भाले समान १–१ गोल गरे । यता, सर्वियाका लागि भने निकोला मिलेनकोभिच र एलेक्सजेन्डर मिट्रोभिचले गोल गरे ।

खेलको ४२औं मिनेटमा विलियमले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । समूह ‘बी’ मा रहेको पोर्चुगलले पहिलो हाफसम्ममा १–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा पोर्चुगलले तीन गोल थप्दा सर्वियाले दुई गोल फर्काउन सक्यो ।

खेलको ५८औं मिनेटमा गुएडेसले, ८० औं मिनेटमा रोनाल्डोले र ८६ औं मिनेटमा सिल्भाले गोल गरे । यता, सर्वियाका लागि मिलेनभिचले ६८औं र मिट्रोभिचले ८५औं मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७