म आफूलाई सुहाउने केटा भेटेकी छैन : प्रियंका चोपडा


६ पुष २०७४, बिहीबार
priyanka chopra
LOS ANGELES, CA – JANUARY 18: Actress Priyanka Chopra arrives at the 2017 People’s Choice Awards at Microsoft Theater on January 18, 2017 in Los Angeles, California. (Photo by Axelle/Bauer-Griffin/FilmMagic)

हलिउडमा पनि आफ्नो अभिनय कला प्रस्तुत गरिरहेकी प्रियंका चोपडा मंगलबार राति मुम्बईमा आयोजित जी सिने अवार्डको रेर्ड कार्पेटमा देखा परिन् । पत्रकारहरूले प्रियंकालाई अनुष्का शर्मा र विराट कोहलीको बिहेको प्रसंग जोड्दै प्रश्न तेस्र्याइरहे । अनुष्काले बिहे गरिन्, तपाईंको विचार के छ ? अनुष्का र विराटको बिहेबारे तपार्इंको धारणा के छ ? लगायतका बिहेसम्बन्धी विविध प्रश्नको उनले सामना गर्नुपर्‍यो । प्रियंकाले बिहेसम्बन्धी एकोहोरो आएका प्रश्नहरूलाई चलाखीपूर्ण तवरले टार्दै लगिन् । तर, पनि रिपोर्टरहरूले खोतल्ने प्रयास गरिनै रहे ।

priyanka chopra

‘अनुष्का र विराटको बिहेसँग मेरो के लेनादेना ?’ प्रियंकाको जवाफको आशय यस्तो थियो । तर, पनि उनी बच्न सकिनन् । अन्ततः उनले आफ्नो बिहेबारे बोल्नैपर्‍यो । ‘जहिले म आफूलाई सुहाउने केटा भेट्छु त्यसपछि मात्रै बिहे गर्छु,’ उनले जवाफ दिइन् । आफूले अहिलेसम्म बेहुलो बनाउनलायक मर्द नभेटेको प्रियंकाको दाबी थियो । अवार्ड कार्यक्रममा उनी डिजाइनर जुबेर मुरादले डिजाइन गरेको पिंक गाउनमा प्रस्तुत भएकी थिइन् ।

प्रियंकाले ‘पद्मावती’ फिल्मप्रति भइरहेको विवादबारे पनि आफ्नो धारणा राखिन् । उनले आफू निर्देशक सञ्जयलीला भन्साली र उनका फिल्मको ठूलो फ्यान भएको बताउँदै पद्मावती छिट्टै रिलिज हुने विश्वास व्यक्त गरिन् । उनले पद्मावतीको मामलामा आफू निर्देशक भन्साली, अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको पक्षमा रहेको र सधैँ सहयोग गर्ने बताइन् । प्रियंका पछिल्ला दिनमा हलिउडमा व्यस्त छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७