नेपालद्वारा बंगलादेशलाई मध्यम लक्ष्य, पवन र सन्दिपको अर्धशतक


२२ भाद्र २०७६, आईतवार
sandeep jorraa1 and pawan saraf

काठमाडौं, २२ भदौ । एसीसी यू–१९ एसिया कपमा नेपालले बंगलादेशलाई मध्यम लक्ष्य दिएको छ । कोलम्बोको पी सारा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय ६१ रन बनाउँदै मध्यम लक्ष्य दिएको हो ।


उसले पहिलो विकेटका रुपमा ४५ रनको साझेदारी गरेको छ । तर ओपनर रित गौतम ३२ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि क्रिजमा आएका आसिफ शेख मात्र तीन रनमा बाहिरीदा नेपालले ५४ रनमा दोस्रो विकेट खेर फाल्यो ।

तेस्रो विकेटका लागि पवन सराफ र कुशल मल्ल विच ३९ रनको साझेदारी भएको थियो । तर कुशल २८ रनमा आउट भएपछि नेपालले ९३ रनमा तेस्रो विकेट गुमायो । नेपालका लागि ओपनर पवन सराफले अर्धसतक बनाएका छन ।


त्यसपछि रोहित पौडेल र पवन सराफ विच ६६ रनको साझेदारी भएपछि नेपालले एक सय ५० रन पुरा गर्यो । रोहित १४ रनमा आउट भएपछि नेपालले एक सय ५९ रनमा चौथो विकेट गुमायो । त्यसको लगत्तै पवन पनि ब्यक्तिगत ८१ रनमा आउट भएपछि नेपालले एक सय ७३ रनमा पाँच विकेट झार्न पुग्यो । पवनले एक सय ११ बलमा ८१ रन बनाएका हुन।


त्यसपछि सन्दिप जोराले पनि नेपालका लागि अर्धसतक प्रहार गरे । छैटौं विकेटका लागि सन्दिप र भिम शार्कीले ६७ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । तर भिम ब्यक्तिगत २१ रनमा आउट भएपछि नेपालले दुई सय ४४ रनमा छैटौं विकेट गुमायो । त्यसको लगत्तै सन्दिप जोरा पनि ५६ रनमा आउट भएपछि नेपालले सातौ विकेट गुमायो । उनले २७ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका थिए ।


पहिलो खेलमा नेपाल आयोजक श्रीलंकासँग शुक्रबार ५ विकेटले पराजित भएको थियो । त्यस हारसँगै सेमिफाइनलमा पुग्न नेपाललाई बंगलादेशविरुद्धको खेल जित्नैपर्ने दबाब छ ।


समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपाल रहेको समूह बीमा बंगलादेश २ अंकका साथ शीर्षमा र त्यति नै अंक भएपनि रनरेटमा पछि पर्दै श्रीलंका दोस्रो स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७