अन्तिम बलमा भैरहवाले ललितपुरलार्इ हरायाे


६ पुष २०७४, बिहीबार
lalitpur vs bhairahawa

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत बिहिबार भएको खेलमा भैरहवा ग्ल्याडियर्टर्सले ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको छ ।lalitpur vs bhairahawa

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भैरहवाले ललितपुरलाई चार विकेटले पराजित गरी प्रतियोगितामा दोस्रो जित हात पारेको हो । भैरहवाले यसअघि भएको पहिलो खेलमा काठमाडौँ किङ्स इलाभेनलाई ७ विकेटले पराजित गरेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले भैरहवालाई १४२ रनको लक्ष्य दियो । जवाफी ब्याटिङमा उत्रेको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।

यता ललितपुरले भने निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

भैरहवाको जितमा पुनित विष्टले सर्वाधिक ५० रनको योगदान दिए भने रोहितकुमार पौडेलले ३१, आरिफ शेखले २७, कप्तान शरद भेषवाकारले १३ तथा हरिशंकर शाहले १० रन जोडे । जितका लागि एक बलमा एक रन चाहिएको अवस्थामा भैरहवाका कृष्ण थापाले चौका प्रहार गरी आफ्नो टोलीको जित सुनिश्चित गरे ।

ललितपुरका लागि भारतीय बलर योगेश नागरले दुई तथा सुबोध भाटी, सन्दीप लामिछानेले समान एक÷एक विकेट हात पारे ।

यता ललितपुरका लागि भारतीय खेलाडी योगेश नागरले सर्वाधिक ५४ रन जोडे पनि कप्तान ज्ञानेन्द्र मल्ल ४२, जयकिसन कोल्सावाला १४, राजवीर सिंह ८, कुशल भुर्तेल ४ तथा मेहबुब आलम २ रनमा बाहिरिए ।

भैरहवाका दिपेश श्रेष्ठ र आरिफ शेखले समान तीन÷तीन विकेट लिए भने पुनित विष्टले दुई तथा कप्तान शरद भेषवाकारले एक विकेट झारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७