चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा (फोटोफिचर)


२२ भाद्र २०७६, आईतवार
wong e 9 1
ljb]zdGqL jfª oL g]kfndf sf7df8f}F, @@ ebf} -/f;;_ M g]kfnsf] tLg lbj;Lo cf}krfl/s e|d0fdf cfpg’ePsf rLgsf …:6]6 sfplG;n/Ú Pj+ ljb]zdGqL jfª oL lqe’jg cGt/f{li6«o ljdfg:yndf . t:jL/ M gjLg kf}8]n

काठमाडौं,भदौ २२ । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी पाकिस्तानको इस्लमावादबाट काठमाडौं आइपुगेका छन्।

दिउँसो ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम भए पनि वाङ साँझ सवा ६ बजेमात्र विशेष विमानमार्फत् काठमाडौं ओर्लेका हुन्।

वाङलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले विमानस्थलको अति विशिष्ठ कक्षामा स्वागत गरेका थिए। तीन दिने भ्रमणका लागि आइपुगेका वाङले भोलिबाट उच्चस्तरीय राजनीतिक भेटघाट थाल्नेछन्।

पराराष्ट्रमन्त्रीहरूको प्रतिनिधिमण्डलको बीचमा वाङसँग औपचारिक वार्ता हुनेछ। यो वार्ता दुईरचार वटा महत्वपूर्ण कुरामा केन्द्रित हुने र विशेषगरी नेपाल(चीनबीच आर्थिक तथा विकास साझेदारीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा बढी केन्द्रित हुने बताइएको छ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भेटका क्रममा मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क र चीन-नेपाल रेलमार्गको विगतमा गरेको सहमतिको कार्यान्वयनका पक्षमा पनि छलफल हुने बताए।

‘हामीले विगतमा धेरै सहमतिमा हस्ताक्षर गरेका छौं। ट्रान्जिट ट्रान्स्पोर्ट प्रोटोकलमा पनि हस्ताक्षर गरेका छौं,’ उनले भने, ‘यी सबैको कार्यान्वयनको पक्ष पनि हाम्रो छलफलको विषय हुनेछ।’

नेपालले लामो समयदेखि चिनियाँ उच्च राजनीतिक नेतृत्वको भ्रमणको प्रतिक्षा गरिरहेको ज्ञवालीले बताए।

बलियो राजनीतिक स्थायित्व हासिल गर्दै सङ्क्रमणकाल टुंग्याएर आर्थिक विकासको बाटोमा अगाडि बढेको नेपालका लागि यो छलफलको समय उपयुक्त रहेको उनले दाबी गरे।

‘चिनियाँ उच्च राजनीतिक नेतृत्वको भ्रमणको लागि यो उपयुक्त समय हो,’ उनले भने, ‘आर्थिक विकासको बाटोमा अगाडि बढ्न लागेको समयमा चीन जस्तो एउटा घनिष्ट मित्रबाट त्याहाँको उच्च राजनीतिक नेतृत्वको आगमन हाम्रो लागी उत्साहको विषय हुनेछ।’

नेपालको चासोका बारेमा चीन जानकार भएको बताउदै उपयुक्त समयमा चीनको तर्फबाट उच्चस्तरीय भ्रमण हुने आश्वासन चीनले पहिला नै दिएको समेत उनले बताए।

तस्वीर ः नवीन पौडेल

wong e 4
 

wong e 3

wong e 1

wong e 10

wong e 9

wong e 8

 

wong e 5

wong e 6

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७