नेपाल बंगलादेशसँग ६ विकेटले पराजित


२२ भाद्र २०७६, आईतवार
U 19 cricket nepal

काठमाडौं, २२ भदौ (एजेन्सी) । एसीसी यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल बंगलादेशसँग ६ विकेटले हराएको हो । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।


कोलम्बोको पिएसएस क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न पुगेको नेपालले निर्धारित ५० ओभरको खेलमा आठ विकेट गुमाउँदै २६१ रन बनायो । दुई सय ६२ रनको विजय लक्ष्य बङ्गलादेशले चार बल बाँकी छँदै चार विकेट गुमाएर पूरा ग¥यो ।


बङ्गलादेशको जितमा कप्तान अकबर अलीले अविजित रहँदै ९८ रनको योगदान दिए । प्लेयर अफ दी म्याच अलीले ८२ बल खेल्दै १४ चौका प्रहार गरे । यस्तै तौवहिद हृदोयले ६०, सामिम हुसेनले अविजित ४२ र मोहमुदुल हसन जोयले ४० रन बनाए ।


बलिङतर्फ नेपालका लागि कमलसिंह ऐरीले दुई तथा हरिबहादुर चौहान र राशिद खानले एक÷एक विकेट लिए ।


यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय पारी खेले । पवनले १०९ बलमा एक छक्का र आठ चौकासहित ८१ रन बनाए । यस्तै सन्दीपले ३७ बलमा तीन छक्का र तीन चौका प्रहार गर्दै ५६, रित गौतमले ३२, कुशल मल्लले २८, भीम सार्कीले २१ तथा कप्तान रोहितकुमार पौडेलले १४ रन बनाए ।


बलिङतर्फ बङ्गलादेशका लागि ताञ्जिम हसन शकिब र साहिन आलमले दुई÷दुई विकेट लिए ।
नेपालले अन्तिम खेल मङ्गलबार संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्नेछ । जारी प्रतियोगितामा समूह ‘ए’बाट भारत र अफगानिस्तान तथा समूह ‘बी’बाट श्रीलङ्का र बङ्गलादेश सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७