सीपीएलमा सन्दीप लामिछानेको टिम पराजित


२३ भाद्र २०७६, सोमबार
sandeep 1

काठमाडौं, २३ भदौं । क्यारेवियन प्रिमियर लिग सीपीएलमा नेपाली खेलाडी सन्दीप लामिछानेको टिम बार्बाडोस ट्रिडेन्सले पहिलो खेलमा नै हार ब्यहोरेको छ । गए राति भएको खेलमा बार्बाडोस गुयना एमेजोनसँग ४७ रनले पराजित भयो ।

टस हारेर ब्याटिङको निम्तो पाएको गुएनाले २० ओभरमा चार विकेट गुमाउदै एक सय ८० रन बनाएको थियो । उसका लागि हेमराजले ६३ रन बनाउदा निकोलस पुरनले ६१ तथा रुथरफोर्डले ३२ रन बनाए ।

यो सिजनको सीपीएलको पहिलो खेलमा बार्बाडोसको प्लेइङ सेटमा नै परेका सन्दिपले एक ओभरमा मात्र ५ रन दिएका छन् । उनले निकै कसिलो बलिङ गर्दै एक ओभरमा ५ रन मा दिन सफल भए । उनले पहिलो र दोस्रो बल डट फालेका थिए भने तेस्रो बलमा हेमराजले चौका प्रहार गरेका थिए । चौथो बल डट फालेका उनले पाँचौ बलमा एक रन खर्चिए ।

तर ओभरको अन्यमा डट फाल्दै सिजनको दोस्रो विदेशी लिगमा राम्रो सुरुवात गरे । तर उनले पहिलो खेलमा मात्र एक ओभर गर्न पाए । टिमको छैटौं ओभर गरेका सन्दिप त्यसपछि बलिङमा उत्रिएनन् । फिल्डिङका क्रममा उनलाइ समस्या भएको थियो । जसका कारण उनले एक ओभरमात्र बलिङ गरेका हुन् ।

जवाफमा सन्दीपको टिम बार्बाडोस १६ ओभर एक बलमा एक सय ३३ रनमा अलआउट भयो । बलिङ पनि पुरै ओभर गर्न नपाएका सन्दीपले ब्याटिङमा दुई बल फेस गर्दा शून्य रनमा नै आउट भए ।

उसका लागि एस्ले नर्सले ४० रन बनाउँदा जेपी डुमिनीले २० तथा जोनसन चाल्र्सले १९ रनको योगदान गरेपछि बाँकि खेलाडी सस्तैमा आउट भए । बार्बाडोसलाई सस्तैमा रोक्न रोमारीया सेफर्डल चार विकेट लिए । उनले सन्दीपलाई पनि बोल्ड गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७