इपिएलमा काठमाडौंलाई चितवनको १४३ रनको लक्ष्य (LIVE हेर्नुहाेस्)


६ पुष २०७४, बिहीबार
criket 2

काठमाडौं : इभरेष्ट प्रिमियर लिग(इपिएल) बिहिबारको दोस्रो खेलमा चितवन टाइर्गसले काठमाडौं किंग्स एलेवेनलाई १ सय ४३ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन लक्ष्य दिएको हो ।criket 2

चितवनको ओपनर अनिलकुमार मण्डल १० बल खेल्दै २ रनमा पवेलियन फर्के। सम्हालिएर खेलिरहेका अर्का ओपनर दीलिप नाथलाई साथ दिन क्रिजमा आएका सन्दीप सुनार पनि धेरैबेर क्रिजमा टेकेनन्।

५ रनको स्कोरमा सन्दीपलाई सागर पुनले कट एण्ड बोल्ड आउट गरे। १२ औं ओभरको अन्तिम बलमा विक्रम भुसालले ४६ रनमा खेलिरहेका दीलिप नाथलाई सागर पुनबाट क्याच गराउनुअघि उनले साबेज खानसँगै मिलेर ३६ रनको साझेदारी गरेका थिए।

४० बलमा ५ चौका र १ छक्का प्रहा गरी दीलिप पवेलियन फर्केसँगै उनलाई साथ दिन १३ औं ओभरमा चितवनका कप्तान दीपेन्द्रसिंह ऐरी क्रिजमा आएका थिए।

चौधौं ओभरमा विक्रम भुषाललाई दुई छक्का प्रहार गरेका साबेजलाई १६ औं ओभरको पहिलो बलमा अमरसिंह रौटेलाले विक्रम भुषालको हातबाट क्याच गराए। २५ बलको सामना गरेका साबेजले २ छक्का सहित २७ रन जोडे।

१७ औं ओभरको दोस्रो बलमा काठमाडौंका कप्तान फरवेज महारुफले चितवनका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ९ रनमा पवेलियन फर्काउपछि चितवन दबावमा देखियो।

सोही ओभरको अन्तिम बलमा महारुफले नै क्रिजमा आएका नयाँ ब्याट्सम्यान चितवनका भारतीय खेलाडी प्रवीण गुप्तालाई १ रनको स्कोरमा एलबिडब्लु धरापमा पारे।

२० औं ओभरको पहिलो बलमा सोमपाल कामीको नो बलमा दोस्रो रन लिन दौडेका योगेन्द्रसिंह कार्की रन आउट हुन पुगे। १३ बलको सामना गरेका योगेन्द्रले १ चौका सहित १७ रन जोडे।

त्यससँगै कमलसिंह ऐरी १२ तथा प्रवीण कुमार ९ रनमा क्रिजमा नटआउट रहे।

काठमाडौंका लागि फरवेज मेहरुफले ३, सागर पुन, अमरसिंह रौटेला र विक्रम भुषालले समान १ विकेट लिए।

https://www.youtube.com/watch?v=jyrFHdNVr-o

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७