गायक मिकाका कारण सलमानलाई सकस, अमेरिका र क्यानडा भ्रमण रद्द


२३ भाद्र २०७६, सोमबार
Salman

नयाँदिल्ली, २३ भदौं । भारत–पाकबीचको चिसो सम्बन्धको असर अहिले बलिउडको कला क्षेत्रमा समेत परेको छ । एक देशका कलाकारले अर्को देशमा प्रस्तुती दिंदा विभिन्न विवादहरु सिर्जना भइरहेका छन् ।

यो विवादले बलिउडका सुपरस्टार सलमान खानलाई समेत असर पारेको छ । बलिउड नायक सलमान खान यो महिनाको शुरुवातमा क्यानडा र अमेरिकाको केही शहरमा टुर गर्ने योजनामा थिए । यतिबेला उनी आफ्ना प्रशंसकहरुसँग केही सेसन्स गर्ने तयारीमा थिए ।

उक्त कार्यक्रममा एउटा विशेष भेट पनि हुने कार्यक्रम निश्चित थियो । तर, अब सलमानले उक्त भ्रमण रद्द गरेको घोषणा गरेका छन् । अब यो अर्को वर्ष हुने बताइएको छ । स्रोतले भन्यो, ‘सलमान खान यो कार्यक्रममा गायक कमाल खानसँग जाँदै थिए र मिका सिंहले पनि उनीहरुलाई सहकार्य गर्दै थिए ।’

गायक मिका सिंहले पाकिस्तानमा प्रस्तुती दिएका कारण विवादमा छाएका थिए । मिकाले निर्मातासँग कुरा गरेर समस्या सुल्झाए पनि यसको चर्चा अझै सेलाएको छैन ।

सलमानको समूहलाई उक्त कार्यक्रमले कस्तो प्रतिक्रिया पाउला भनेर थाहा नभएपछि कार्यक्रम नै रद्द गरेको बताए ।
कामको कुरा गर्ने हो भने सलमान आजकाल ‘दबंग थ्री’ को सुटिङ गरिरहेका छन् । त्यसपछि उनी ‘बिग बस १३’ मा काम शुरु गर्नेछन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७