दशैंका लागि देशभर ७३ वटा सहुलियत पसल, के सामान किन्दा कति छुट ?


२३ भाद्र २०७६, सोमबार
sahuliyat pasal sanchaalanma

काठमाडौं, २३ भदौं । सरकारले नजिकिंदो दशैंलगायत ठूला चाडपर्वलाई ललक्षित गरेर आज (सोमबार) देखि काठमाडौं उपत्यकासहित देशका ७३ स्थानमा सहुलियत पसल सञ्चालन गर्दैछ ।

चाडबाडका बेला उपभोक्ता ठगिने कुरालाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकाका ९ ठाउँसहित देशका मुख्य शहरमा ७३ वटा सहुलियत पसल सञ्चालन गर्ने भएको हो । यस्ता पसल कात्तिक १६ गतेसम्म सञ्चालनमा आउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

वाणिज्य विभागका अनुसार काठमाडौं उपत्यकामा कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, ललितपुर, भक्तपुर लगायत ९ ठाउँमा सहुलियत पसल हुनेछन् । त्यसैगरी, साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा तीन वटा घुम्तीसहित ११ वटा पसल सञ्चालन गर्ने छ भने उपत्यका बाहिर २४ वटा पसल रहने छन् ।

काठमाडौं उपत्यका बाहिर बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लाहानलगायत मख्य सहरमा साल्ट ट्रेडिङको सहुलियत पसल सञ्चालन गर्नेछ ।

मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २३, साल्ट ट्रेडिङ कर्पोरेसनले २४ र दुग्ध विकास संस्थानले १५ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछन् ।

सहुलियत पसलमा नुन, चामल, चिनी, गेडागुडीदेखि मासुसमेत सहुलियत मूल्यमा पाइने छ । सुपथ मूल्य पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, नुनमा दुई रुपैयाँ, मसिनो चामलमा तथा गेडागुडीमा प्रतिकिलो १० रुपैयाँ छुट पाइने छ । त्यस्तै, च्यांग्रा र खसी बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने मन्त्रालयले जनाएको छ ।

खाद्यले यस पटक २ हजार च्यांग्रा र १ हजार खसी–बोका बिक्री गर्ने लक्ष्य राखेको छ । साल्ट ट्रेडिङले प्रतिकिलो नुनमा २ रुपैयाँ र चिनीमा ५ रुपैयाँ छुट दिनेछ । दुग्ध विकास संस्थानले प्रतिकिलो घ्यूमा ५० रुपैयाँ र पनिरमा १० रुपैयाँ छुट दिनेछ ।

कालीमाटी, जावलाखेल, कोटेश्वर, सूर्यविनायक, बनेपालगायतका कार्यालयमा साल्ट ट्रेडिङले गेडागुडीलगायत चिनी र नुनमा छुट दिनेछ । खाद्य व्यवस्थालले थापाथली, नख्खुलगायतका कार्यालयमा चिनी, फापर र सिमीमा छुट दिनेछ भने खसी(बोका थापाथली कार्यालयमा बिक्रीका लागि राखिने जनाइएको छ ।

डीडीसी घ्यू ५० रुपैयाँ र पनिरमा प्रतिकिलो १० रुपैयाँ छुट पाइनेछ भने चिनीमा प्रतिकिलो ५ रुपैयाँ सहुलियत दिने तयारी छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौं उपत्यकामा ५ र उपत्यका बाहिर १८ वटा पसल सञ्चालन गर्नेछन् । दुग्ध विकास संस्थानले काठमाडौं उपत्यकामा ४ र उपत्यका बाहिर ११ वटा ठाउँमा सहुलियत पसल सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७