काठमाडौं छाउनीबाट महिलालाई अपहरण गरी बन्धक, सात जना पक्राउ


२३ भाद्र २०७६, सोमबार
kidnap

काठमाडौं, २३ भदौं । काठमाडौंको छाउनीबाट एक महिलालाई अपहरण गरी बन्धक बनाइएको छ ।

महिलालाई अपहरण गरेर बन्धक बनाएको आरोपमा प्रहरीले सात जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं तार्केश्वर नगरपालिका–५ फुटुङ बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ घर भएका २३ वर्षीय पेम्बा तामाङलाई अपहरण गरी बन्धक बनाएको आरोपमा सातलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं ईचंगु बस्ने सिन्धुली घ्याङ्ले गाउँपालिका–२ का ४२ वर्षीय पूर्णबहादुर वाईवा, काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने ५३ वर्षीय राजु खड्गी, काठमाडौं कलंकी बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका–९ का ४१ वषका पाल्साङ तामाङ, काठमाडौं जमल बस्ने रामेछाप दोरम्बा गाउँपालिका–७ का ३२ वर्षीय लिला थापा मगर छन् ।

यस्तै भक्तपुर सूर्यविनायक बस्ने रामेछाप दोरम्बा गाउँपालिका–७ का ३१ वर्षीय शिवराम थापा मगर, काठमाडौं टोखा बस्ने सुनसरी महेन्द्रनगर नगरपालिका–७ का ३९ वर्षीय राजेश गुरुङ र रसुवा थुमान गाउँपालिका–९ का ३५ वर्षीय जिस घले रहेका प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–१४ कलंकी मकालु पेट्रोल पम्पको नजिकबाट शनिबार बिहान पेम्बा तामाङलाई अपरहण गरेको जनाइएको छ ।

महानगरपालिका–१५ छाउनीस्थित ३३ वर्षीय अर्जुन लामाको घरमा अपहरित पेम्बालाई प्रहरीले उद्धार गरेको थियो । अपहरित पेम्बा तामाङ पनि ठगी गरेको बुझिन आएको हुँदा निजलाई ठगी मुद्धा तथा अन्य ७ जनालाई अपहरण तथा शरिर बन्धक मुद्धामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७