हङकङका व्यवसायीद्धारा गोर्खा सैनिकको योगदानको प्रशंसा


६ पुष २०७४, बिहीबार
Gurkha 1

हङकङ हङकङका ब्यापारीहरुले गोर्खा सैनिकहरुको योगदानको उच्च प्रशंसा गरेका छन् । गोर्खा सैनिकहरुले हङकङको विकास र सुरक्षामा दिएको ऐतिहासिक योगदानको उनीहरुले खुलेर प्रशंसा गरेका हुन् ।

Gurkha 1
हङकङ चेम्बर अफ कमर्स काउलुनको ८०औं वार्षिकोत्सवको कार्यक्रममा ब्यापारीहरूले हङकङको विकासमा गोर्खालीको योगदानको खुलेर प्रशंसा गरे । वन बेल्ट वन रोड युरेसियन बिजनेस सेन्टर‘का प्रमुख कार्यकारी अधिकृत होमर यु साउ निङले हङकङमा गोर्खालीले लामो उतारचढाव देख्दै भोग्दै आइरहेको बताए।

‘हङकङको सबैभभन्दा पुरानो र प्रभावशाली संस्था चेम्बर अफ कमर्स काउलुनले जति हङकङको आर्थिक र राजनीतिक उतारचढाव भोगेको छ, त्यति नै हङकङका गोर्खालीले हङकङको उतारचढाव देखेका छन्’, चीन सरकारको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसियटिभका हङकङ प्रमुख होमरले भने, ‘हाम्रो टिम छिट्टै हङकङमा बसिरहेका गोर्खा प्रतिनिधि र तिनका परिवारसँग भेट्न इच्छुक छ।’

चेम्बर अफ कमर्स काउलुनले आफ्नो वार्षिकोत्सवको अवसर पारेर १९ नोभेम्बरमा नेपाल उद्योग बाणिज्य महासंघसँग काठमाडौंमा १२ बुँदे सम्झौतापत्र महासंघका हङकङ प्रतिनिधि कृष्ण पाण्डेलाई हस्तान्तरण गरेको थियो।

नेपाल र हङकङका व्यवसायीबीच सम्भवतः पहिलो पटक भएको भनिएको सम्झौतामा नेपाल र हङकङका उद्यमीहरुबीच ब्यापारिक सम्बन्ध अभिवृद्धि गर्ने, दुई देशबीच ब्यापार सम्बन्ध बलियो बनाउन सम्बन्धित देशका विज्ञहरुबीच आदानप्रदान र अन्र्तक्रिया गर्ने, दुई पक्षका ब्यापारीहरुबीच बलियो नेटवर्क बनाउने, नेपाल र हङकङमा ब्यापार मेला र प्रदर्शनी तथा सभा सम्मेलन आयोजना गर्ने, ब्यापारीलाई सम्बन्धित देशका नियम कानुन बुझाउन म्यागेजिन, डाइरेक्ट्री प्रकाशित गर्ने र त्यससम्बन्धि कार्यक्रम आयोजना गर्ने रहेका छन्।

काउलुन च्याम्बरका अध्यक्ष ली फुङ च्यूङको नेतृत्वमा काठमाडौं गएको प्रतिनिधिमण्डलले महासंघसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो। त्यस अवरसरमा प्रतिनिधि मण्डलले राष्ट्रपति लगायत सम्बन्धित क्षेत्रका प्रमुखहरुसँग भेटवार्ता गरेको थियो।

चेम्बरका अध्यक्ष ली फुङ च्यूङले कार्यक्रममा त्यसलाई विशेष महत्वकासाथ स्मरण गरेका थिए। १८ डिसेम्बरका दिन विपि इन्टरनेशनल होटलको गोर्दोन वु हलमा आयोजित वार्षिकोत्सव कार्यक्रममा नेपाली महावाणिज्यदूताबास, नेपाल चेम्बर अफ कमर्स हङकङ, हङकङ नेपाल ब्यापार संघका प्रतिनिधि सहभागी भएका थिए।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७